‘यूवा संग–महालक्ष्मी’ बीमा जागरण अभियान बागलुङ र बेनीमा पनि सम्पन्न

0
Shares

महालक्ष्मी लाइफले बागलुङ र बेनीमा ‘यूवा संग–महालक्ष्मी’ लाइफ कार्यक्रम सम्पन्न गरेको छ ।

यूवा वर्गमा बीमासँग सम्बन्धित जनचेतना जगाउने उद्देश्यले महालक्ष्मी लाइफ इन्स्योरेन्सले असोजको पहिलो हप्ताबाट ‘यूवा संग–महालक्ष्मी’ बीमा जागरण राष्ट्रिय अभियान शुरु गरेको थियो । कम्पनीले संचालनमा ल्याएको सो कार्यक्रम छोटो समयमा नै देशव्यापी हुँदै गइरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले जानकारी गराए ।

यसै सिलसिलामा म्याग्दीको बेनी र बागलुङबजारमा पनि बीमा जागरण राष्ट्रिय अभियान ‘यूवा संग–महालक्ष्मी’ कार्यक्रम सम्पन्न भएको छ ।

कम्पनीले असोज २० गते (आज) बेनी सामूदायिक माध्यमिक विद्यालयमा १०५ जना विद्यार्थीहरुको सहभागीतामा कार्यक्रम सम्पन्न गरेको छ ।
प्रधानाध्यापक काशिराम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममासावित्रा खत्रीले संचालन गरेको कार्यक्रममा कम्पनीका सहायक महाप्रबन्धक प्रशान्तराज धमला र क्षेत्रिय प्रमुख जमुना आचार्यले युवा विद्यार्थीहरुलाई बीमा सम्बन्धी प्रशिक्षण दिएका थिए ।

यस्तै, कम्पनीले असोज १९ गते(हिजो) धौलागिरी बहुमुखि क्याम्पस बागलुङमा पनि ‘यूवा संग-महालक्ष्मी’ कार्यक्रम सम्पन्न गरेको छ ।
२५ जना सहभागी भएको सो कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख राम प्रसाद उपाध्यायले गरेका थिए । कम्पनीको बागलुङ कार्यालय प्रमुख विश्वनाथ आचार्यले संचालन गरेको सो कार्यक्रममा प्रशान्तराज धमला र जमुना आचार्यले बीमा सम्बन्धी प्रशिक्षण दिएका थिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।