एनआईसी एशिया बैंकको डिजिटल दशैं योजना सार्वजनिकः अधिकतम २५% सम्म क्यासब्याक

0
Shares

एनआईसी एशिया बैंकले डिजिटल कारोबारलाई प्रोत्साहनका निमित्त चाडपर्वका अवसरमा ‘डिजिटल दशैं’ योजना सार्वजनिक गरेको छ ।

यस योजनामार्फत बैंकका विभिन्न डिजिटल च्यानलमार्फत कारोबार गर्दा सबैभन्दा धेरै कारोबार गर्ने ग्राहक महानुभावहरूलाई आकर्षक उपहार देखि अधिकतम २५ प्रतिशतसम्म क्यासब्याक तथा छुट प्रदान गरिनेछ ।

ग्राहक महानुभावहरूलाई किनमेल गर्न अझ सहज पार्ने उद्देश्यअनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहक महानुभावहरूलाई प्रोत्साहन गर्नका निमित्त विभिन्न सामग्री खरिद गरी बैंकको कार्डमार्फत ई–कमर्श तथा पिओएस भुक्तानी एवं मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले क्यूआर भुक्तानी गर्दा आकर्षक छुट तथा क्यासब्याकको व्यवस्था गरेको हो ।

बैंकले २०७८ आश्विन २१ देखि कात्र्तिक २१ सम्म यस बैंकको भिसा कार्डमार्फत पिओएस कारोबार गर्ने ग्राहक महानुभावहरूलाई अधिकतम २५ प्रतिशतसम्म क्यासब्याकको योजना ल्याएको छ । जसअनुसार पहिलोपटक पिओएस कारोबार गर्दा १० प्रतिशत वा अधिकतम ५०, तेस्रोपटक कारोबार गर्दा १५ प्रतिशत वा अधिकतम १२५ रुपैयाँ र पाँचौंपटक कारोबार गर्दा २५ प्रतिशत वा अधिकतम २५० सम्म क्यासब्याज अफर रहेको छ ।

त्यसैगरी बैंकले नगद कारोबारबाट ग्राहक महानुभावहरूलाई डिजिटल कारोबारतर्फ प्रोत्साहन गर्ने उद्देश्य लिई २०७८ आश्विन २१ देखि कात्र्तिक ३० सम्म सबैभन्दा धेरै कारोबार गर्ने भाग्यशाली ग्राहक महानुभावहरूलाई पालसोनिकको तर्फबाट ३२ इन्च टिभी, सिजीको तर्फबाट माइक्रोवेभ ओभन, त्रिवेणी ग्रुपको तर्फबाट यासुदा ओभन, गया होलिडे होम धुलीखेलको तर्फबाट एक जोडीलाई आकर्षक प्याकेज, हङकुक सराङ्गको तर्फबाट एक जोडीलाई डिनर प्याकेज, साथी मार्टको तर्फबाट १० जना भाग्यशाली विजेतालाई १ हजारको सपिङ्ग भौचर, अर्किड ग्रुपको तर्फबाट यस बैंकको कार्डहरू प्रयोग गरी ५ हजार भन्दा बढिको खरिदमा ५०० बराबरको गिफ्ट भौचर र वईब्धभष् को तर्फबाट एक जनालाई एयरबर्ड प्रदान गरिने बैंकले जनाएको छ ।

चाडपर्वहरूलाई लक्षित गर्दै बैंकले आफ्ना ग्राहक महानुभावहरूलाई डिजिटल कारोबारतर्फ प्रोत्साहन गर्न बैंकले विभिन्न उपहार योजना सञ्चालन गरिरहेको बेला निम्नलिखित मर्चेन्टहरूमा थप आकर्षक छुट तथा क्यासब्याकको व्यवस्था समेत ल्याएको छ:-

मर्चेन्ट

अवधी

स्कीम

·         GYAPU,

·         UG BAZZAR

·         JUJU CART

·         ZIMISA

·         SETO CANVAS

·         FIBRO STYLE

·         LABELS

·         O.K DAM

·         CHOICEMANDU

·         ANOLOGY (TUDDROM)

·         E-PEEPAL

·         MERO KINMEL

·        METRO TARKARI

 

 

 

 

आश्विन १५ देखि आश्विन २४ सम्म

 

 

 

 

यस बैंकको भिसा कार्डमार्फत सामग्री खरिद गरी ई–कमर्श भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम १ हजार ५०० सम्म क्यासब्याक

 

 

Yeti Airlines

आश्विन २१ देखि कात्र्तिक २६ सम्मको टिकट बुक गर्दा

वेबसाइट तथा एपबाट यस बैंकका साइबरसोर्स आईपीजी प्रणाली प्रयोग गरी ई–कमर्श भुक्तानी गर्दा सीधै ३०० छुटको साथै यस बैंकको कार्ड प्रयोग गरी ई–कमर्श भुक्तानी गरेमा थप २०० क्यासब्याक

Central Bazaar (विराटनगर)

आश्विन २१ देखि कात्र्तिक २१ सम्म

तयारी कपडा खरीद गरी पिओउस र क्यूआर भुक्तानी गर्दा ५ प्रतिशत क्यासब्याक

Nepal Multipurpose Cooperative Society Ltd (( झापा)

आश्विन २१ देखि आश्विन ३० सम्म

विभिन्न सामग्री खरीद गरी पिओएस भुक्तानी गर्दा ५ प्रतिशत वा २०० रुपैयाँसम्म क्यासब्याक

     

आफ्नो कार्डमा ई–कमर्श भुक्तानी सुविधा नलिएका यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग एपमा रहेको आईसर्भ मार्फत एवं एप मार्फत सोझै सहज रुपमा आफ्नो कार्डमा ई–कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।