बङ्गलादेश बैंकद्वारा १ लाखको दुर्घटना बीमा भुक्तानी

0
Shares

नेपाल बङ्गलादेश बैंकले बचत खाता खोल्ने ग्राहकहरुको सुरक्षणको लागि गरिएको दुर्घटना बीमा बापतको दाबी रकम १ लाख ग्राहक स्व. दिनेश श्रेष्ठको बुवा कालिदास श्रेष्ठलाई प्रदान गरेको छ ।

स्व. श्री दिनेश श्रेष्ठले नेपाल बंगलादेश बैंक, धुन्चे शाखामा बचत खाता खोली कारोबार गर्दै आइरहेका थिए ।

उक्त १ लाख रुपैयाँको चेक नेपाल बंगलादेश बैंक, धुन्चे शाखाका शाखा प्रमुख रामेश्वर घिमिरेले स्व. दिनेश श्रेष्ठको बुवा कालिदास श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।

यस प्रकारको सहयोगले आफ्ना ग्राहकको आश्रित परिवारको लागि राहत पुग्ने विश्वास बैंकले लिएको छ । साथै आगामी दिनहरुमा पनि आफ्ना ग्राहकहरुको हितमा रही बैंकिङ्ग सुविधा प्रदान गर्ने कुरा बैंकले जानकारी गराएको छ ।

हालसम्म बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।