गुराँस लाइफको सीईओमा विपिन कुमारलाल नियुक्त

0
Shares

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी (GLICL) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा विपिन कुमार लाल नियुक्त भएका छन् ।

कम्पनीको असोज ३१ गते बसेको सञ्चालक समितिको बैठकले कार्तिक ३ गतेदेखि लागू हुने गरी लाललाई आगामी ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको कम्पनीसचिव बोधलाल पुरीले जानकारी दिए ।

लाललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्न बीमा समितिबाट स्वीकृती पाएसँगै सञ्चालक समितिले सीईओ नियुक्ती गरेको हो ।

नवनियुक्त सीईओ लालसँग एलआइसी नेपालमा विभिन्न तहमा रहेर १८ वर्ष कार्य गरेको अनुभव छ । उनले व्यवस्थापनमा स्नातकोत्तर समेत गरेका छन् ।

यसअघि नारायण कुमार भट्टराई कम्पनीमा सीइओ थिए । सीइओ भट्टराईले यक्तिगत कारण देखाई असोज १९ गते पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा कार्तिक १ गते देखि लागू हुनेगरी सञ्चालक समितिले स्वीकृत गरेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।