कुमारी बैंकको सिफलमा नयाँ शाखा

0
Shares

कुमारी बैंक लिमिटेड (KBL) ले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडाैं उपत्यकामा आफ्नो नयाँ शाखा सिफल औपचारिक रुपमा सञ्चालनमा ल्याएकोे छ ।

वागमती प्रदेशको काठमाडौं महानगरपालिका वडा नं. ८, स्थिते सिफल शाखा समेत गरी वागमती प्रदेशमा कुमारी बैंकका ८४ शाखाहरु पुगेको छ ।

नयाँ शाखा कार्यालय मार्फत बैंकले ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ सेवा सुविधाका दिने, उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

विगत २० वर्ष देखी आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १७३ एटिएम, १४ विस्तारित काउन्टर लगायत ३३ शाखारहित बैंकिंग इकाईहरु मार्फत अत्याधुनिक बैंकिंग सेवा दिँदै आएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।