पुनर्बीमा कम्पनीको अध्यक्षमा बीमाविज्ञ डा. रवीन्द्र घिमिरे नियुक्त

0
Shares

नेपाल सरकारले नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा बीमा विषयमा विज्ञ डा. रवीन्द्र घिमिरेलाई नियुक्त गरेको छ ।

पुनर्बीमा कम्पनीको अध्यक्षमा डा. रविन्द्र घिमिरे नियुक्तसोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिमिरेलाई अध्यक्षमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सरकारले घिमिरेलाई चार वर्षका लागि अध्यक्षमा नियुक्त गरेको हो । बीमा विषयमा विद्यावारिधि गरेका घिमिरे पोखरा विश्वविद्यालय स्कुल अफ विजनेशका प्राध्याक हुन् ।

घिमिरेसँग बीमा क्षेत्रमा राम्रो ज्ञान भएकाले नेपाल पुनर्बीमालाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ । यसअघि बीमा समितिको अध्यक्ष हुने चर्चा गरिएपनि उनी समितिको अध्यक्ष हुन सकेका थिएनन् । सरकारले उनलाई हाल नेपाल पुनर्बीमाको अध्यक्षमा नियुक्त गरेको छ । उनले समय समयमा बीमाका विषयमा लेख तथा विश्लेषण सञ्चार माध्यमहरुबाट सार्वजनिक गर्दै आइरहेका छन् ।

त्यसैगरी, कम्पनीको सदस्यमा मदन पोखरेललाई नियुक्त गरिएको छ । पुनर्बीमा कम्पनीमा नेपाल सरकारको ४४ प्रतिशत शेयर स्वामित्व छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।