नेपाल बङ्गलादेश बैंकद्वारा टेकु अस्पताललाई सहयोग

0
Shares

नेपाल बङ्गलादेश बैंक (NBB) ले आफनो संस्थागत सामाजिक उत्तरदयित्व अन्तर्गत ९० भायल रेम्डिसिभिर औषधी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुलाई सहयोग स्वरूप प्रदान गरेको छ ।

बैंकले नेपालमा बढ्दो कोभिड १९ को संक्रमण र यसबाट हुनसक्ने मृत्युबाट नेपाली जनतालाई जोगाउने प्रयासमा हातेमालो गर्दै उक्त सहयोग गरेको हो ।

उक्त औषधी नेपाल बङ्गलादेश बैंक लि.का प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गानाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोलालाई हस्तान्तरण गरेका थिए ।

बैंकले कोभिड १९ को संक्रमणको उच्च जोखिमको बेला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले गरेको कार्यको सह्राना गर्दै उक्त अस्पताललाई चयन गरेको जनाएको छ ।

बैंकले सामाजिक उत्तरदायित्वलाई सधै उच्च प्राथमिकतामा राख्ने गरेको छ । बैंकले आफ्नो बङ्गलादेश स्थित साझेदार बैंक आएफआईसी बैंक लिमिटेडसँग मिलेर आर्थिक बर्ष २०७६/७७ मा ५००० भायल तथा २०७८/७८ मा पनि ५००० भायल रेम्डेसिभिर नेपाल सरकारलाई सहयोग स्वरूप प्रदान गरेको थियो । उक्त औषधी बङ्गलादेशका लागि नेपालका राजदूत महामहिम श्री वंशीधर मिश्रलाई ढाकास्थित नेपाली दूतावासमा हस्तान्तरण गरिएको थियो ।

हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटीएम मार्फत ‘सबैका लागि बैंक’ भन्ने मूल नारा सहित सम्पूर्ण बैंकिङ्ग सुविधा दिँदै आएको छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।