ज्योति लाइफ इन्स्योरेन्सको बोनस र नगद घोषणा

0
Shares

ज्योति लाइफ इन्स्योरेन्स लिमिटेड (JLI) ले अघिल्लो आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कात्तिक १४ गते सम्पन्न इन्स्योरेन्स सञ्चालक समितिको बैठकले इन्स्योरेन्सको हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजना सहित ५.५२ प्रतिशत नगद गरी कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश बीमा समितिबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात मात्र लगानीकर्तालाई वितरण हुनेछ ।

चार वर्षअघि जीवन बीमा कम्पनीको रुपमा स्थापित कम्पनीले पहिलो पटक लाभांश घोषणा गरेको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ कात्तिक २०७८, सोमबार  १० : २३ बजे