दरबारमार्गमा हार्ड रक क्याफे सञ्चालमा


हार्ड रक क्याफे काठमाडौंमा संचालनमा आएको छ । दरबारमार्गमा अवस्थित शेर्पा मलमा क्याफे सर्वसाधारणका लागि खुला गरिएको छ ।

संगीत उद्योगका केही प्रख्यात कलाकारहरु लेडी गागा, रिहाना, मेटालिका, द रोलिङ स्टोन्स् र माइकल ज्याक्सनको स्मरणीय मेमोरेबिलिया,प्रदर्शन गर्नुका साथै, क्याफेले अमेरिकाको प्रसिद्ध मेनु र हस्तसिल्पबाट बनाइने कक्टेल्स उपलब्ध गराएको छ ।

मलको पहिलो र माथिल्लो तल्लामा संचालनमा आएको यस रेष्टुरेन्टले करिब २६० जना अटाउने गरी भित्री भागका साथसाथै बाहिरी छत पनि समेटेको छ । जहाँ बसेर दरबार मार्गको सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ । क्याफेको मेनुको सबैभन्दा मुख्य आकर्षणका रुपमा बर्गर रहेको छ ।

यी बर्गरमा चेद्दार चीजसँग मिसाइएको राँगाको मासुसहित, क्रिस्पी प्याज रिङ, लेटस पत्ता र भाइन–रिपेण्ड गोलभेंडा भएको प्रख्यात बर्गर समेत रहेको छ, जसलाई हार्ड रकको मौलिक पहिचान बनेको स्टीक ससका साथ उपलब्ध गराइनेछ ।

यसैगरी मेनुमा ग्रील्ड, ताजा, इच्छाइएको चिकन वा पोलेको मकैको साथमा क्यालिफोर्निया स्टाइलको कब–चिकन, कालो सीमि र आयातित चेद्दार चीजको साथमा सलाद रहनेछ भने स्याण्डवीचहरु बार्बीक्यू गरिएको चिकन वा ग्रील्ड हनी मस्टर्ड चिकन सबै सिजनिङ गरेर वा चीज फ्राई गरेर पस्किइनेछ ।

मेनुमा संलग्न परिकारहरु मध्ये एक आकर्षण बेबी ब्याक पोर्क रिब्स पनि हो, जुन खास गरेर हार्ड रक क्याफे काठमाडौंको लागि डेनमार्कबाट आयात गरिएको हो । ७५० ग्राम रिब्सलाई मौलिक स्पाइस ब्लेण्डसँग सिजनिङ गरिन्छ, त्यसपछि घरेलु बार्बीक्यू ससको साथमा मिसाएर सटिकताको लागि ग्रील्ड गरिन्छ र सिजन्ड फ्राइज, कोलस्ल र ¥यान्च स्टाइलका सिमिहरुसँग पस्किइन्छ ।

त्यस्तै क्याफेमा सन् १९४० को हर्रिकेन ह्वाइट रमको न्यू ओर्लन्स क्लासिक मिश्रण, सुन्तला, आँप, भुईं कटहरको जुस र चक्काको ब्लेण्ड जसलाई फ्लोट डार्क रम र अमारेट्टोका साथ तयार पारिएको हुन्छ, त्यो लगायत बूजी मिल्कसेकहरु र मौलिक कक्टेलहरु सहितका उत्कृष्ट बियर र वाइनहरुको संग्रह रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।