प्रिमियर इन्स्योरेन्सको १५ प्रतिशत लाभांश प्रस्ताव

0
Shares

प्रिमियर इन्स्योरेन्स (PIC) ले गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको मंसिर ३ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ७.५ प्रतिशतका दरले बोनस शेयर र ७.५० प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरकेो उक्त लाभांश नियामक निकाय बीमा समितीबाट स्वीकृत भई र इन्स्योरेन्स कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चातमात्र लगानीकर्तामा वितरण हुनेछ ।

 

यसअनुसार कम्पनीले ८ करोड ५ लाख ९२ हजार रुपैयाँ बराबरको ८ लाख ५ हजार ९२० कित्ता बोनस शेयर र बोनसमा लाग्ने कर सहित ८ करोड ५ लाख ९२ हजार रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ७ करोड ४५ लाख ६० हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब १५ करोड ५१ लाख ५२ हजार रुपैयाँ पुग्नेछ । 

अघिल्लो आव २०७६/७७ बाट कम्पनीले ११.०५ प्रतिशत नगद लाभांश मात्र वितरण गरेको थियो ।

यस्तो छ कम्पनीले विगत आवमा वितरण गरेको लाभांश इतिहास:-

S.N. Fiscal Year Bonus Dividend(%) Cash Dividend(%) Total Dividend(%)
1 2076/2077 0.00 11.05 11.05
2 2074/2075 84.00 0.00 84.00
3 2073/2074 13.52   13.52
4 2072/2073 20.00 1.05 21.05
5 2071/2072 30.00 1.02 31.02
6 2070/2071 14.00   14.00
7 2068/2069 15.00 0.79 15.79

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।