नेपाल इन्स्योरेन्सको १ लाख कित्ता संस्थापक शेयर लिलाम बढाबढमा

0
Shares

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड (NICL) ले न्यूनतम ४०० मूल्य तोकेर १ लाख कित्ता संस्थापक शेयर लिलाम बढाबढमा बिक्रीमा ल्याएको छ ।

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्राइभेट लिमिटेडले उक्त शेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले आफ्नो नाममा रहेको उक्त शेयर बिक्रीका लागि निवेदन दिएपछि नेपाल इन्स्योरेन्सले शेयर बिक्रीको सूचना प्रकाशन गरेको हो ।

कम्पनीले बीमकको संस्थापक शेयर कारोबार (खरिदर बिक्री) सम्बन्धी निर्देशिका, २०७७ बमोजिम संस्थापक शेयरधनीले संस्थापक शेयर हस्तान्तरण गर्दा विद्यमान संस्थापकहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापकहरुले खरिद नगरेमा प्रचलित कानूनको अधिनमा रही अन्य व्यक्ति।संस्थालाई उपयुक्तताको जाँच गरी शेयर बिक्री गर्न सकिनेछ भन्ने व्यवस्था छ । सोही अनुसार कम्पनीले संस्थापक र सर्वसाधारण दुबै बाट शेयरहरु खरिद गर्न ईच्छुक संस्थापक शेयरधनीहरुबाट आवेदन माग गरेको छ ।

उक्त आवेदन ३५ दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौँमा कार्यालय समयभित्र आफूले लिन चाहेको शेयर संख्या र दर उल्लेख गरी रितपूर्वकको शिलबन्दी बोलपत्र आह्वान गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।