नेपाल बङ्गलादेश बैंकका अध्यक्ष एआरएम. नजमुस शकिबद्वारा शपथ-ग्रहण

0
Shares

नेपाल बङ्गलादेश बैंक (NBB) को नव निर्वाचित अध्यक्ष एआरएम. नजमुस शकिबले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको शपथ ग्रहण लिएका छन् ।

बैंक संचालक समितिको बैठकबाट आगामी ४ वर्षे कार्यकालका लागि निर्वतमान अध्यक्ष एआरएम नजमुस शकिबलाई पुनः संचालक समितिको अध्यक्ष चयन गरेको थियो ।

अध्यक्ष ए.आर.एम नजमुस शकिबले नेपाल राष्ट्र बैंक तथा नेपाल बङ्गलादेश बैंक लि. को उच्च पदस्थ अधिकारीहरुको समुपस्थितिमा २०७८ साल मंसिर ६ गते नेपाल राष्ट्र बैंकका गर्भनर श्री महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेको बैंकले जनाएको छ ।

हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटीएम बाट बैंकिङ्ग सुविधा दिँदै आएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।