सेन्चुरी बैंकको खाता ‘खल्ती’ मा लिङ्क गर्दा एक सय रुपैयाँ बोनस

0
Shares

अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ले सेन्चुरी बैंक खाता ‘खल्ती’सँग लिङ्क गर्ने जोकोहीले एक सय रुपैयाँ बोनस प्राप्त गर्ने भएको छ । साथै, एक भाग्यशाली प्रयोगकर्ताले सामसुङ स्मार्टफोन जित्ने मौका पाउने भएका हुन् ।

यो बोनस अफर पहिलो पटक सेन्चुरी बैंक अकाउन्ट ‘खल्ती’सँग लिंक गर्ने प्रयोगकर्ताहरुको हकमा मात्र लागु हुन्छ । प्रयोगकर्ता केवाईसी प्रमाणित प्रयोगकर्ता हुनुपर्नेछ ।

त्यसैगरि प्रयोगकर्ताको ‘खल्ती’ वालेट र बैंक अकाउन्टमा दाखिला गरिएको मोबाईल नम्बर एउटै हुनुपर्नेछ । केही सेकेण्ड मै आफ्नो बैंक लिंक गरी उक्त लिंक गरिएको सेन्चुरी बैंक अकाउन्टबाट ‘खल्ती’मा बिना लोड भुक्तानी तुरुन्तै गर्न सकिन्छ ।

यो एक सय रुपैयाँ बोनस अफर मंसिर ३ देखि ४ पुष २०७८ सम्म ‘खल्ती’ सँग सेन्चुरी बैंक लिंक गर्ने जोकोहिलाई लागु हुन्छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।