बीमा कम्पनीहरुको डिडिएको लागि २० परामर्शदाता उतिर्ण

0
Shares

बीमा समितिले डीडीए सेवा खरिदका लागि प्रस्ताव पेश गरेका २० वटा चाटर्ड एकाउण्टेन्ट फर्मको प्राविधिक मूल्यांकन पास गरेको छ ।

२० वटा चाटर्ड एकाउण्टेन्ट फर्मले प्राविधिक मूल्यांकनमा एक सय पूर्णाकमा ९५ अंकसम्म प्राप्त गरेका छन । सबैभन्दा कम ७६.५ अंक ल्याउनेलाई पनि समितिले प्राविधिक मूल्यांकनमा पास गरेको छ ।

समितिले असोज ८ गते आर्थिक वर्ष २०७८/७९ मा समितिबाट डिडिए गर्नुपर्ने गरी पहिचान भएका बीमा कम्पनीहरुमा डिडिए गर्न इच्छुक चार्टर्ड एकाउन्टेन्सी फर्म वा कम्पनीहरुबाट प्राविधिक तथा आर्थिक प्रस्ताव आह्वान गरेको थियो ।

प्राविधिक विषयमा पास भएका २० वटा फर्मको आर्थिक प्रस्ताव भने मंसिर १५ गते खोल्ने समितिले जनाएको छ ।

बीमा समितिले ८ वटा बीमा कम्पनीहरुको डिडिए गर्न लागेको छ । समितिले शिखर इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, नेपाल लाइफ, एलआईसी, सूर्या लाइफ र युनियन लाइफको डिडिए गर्ने भएको हो ।

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।