विभिन्न सेवाहरुको सुरुवात गर्दै सिभिल बैंकले मनायो एघारौं वार्षिकोत्सव


सिभिल बैंकले विभिन्न कार्यक्रमको आयोजनासँगै नयाँ सेवाहरुको सुरुवात गर्दै एघारौं वार्षिकोत्सव मनाएको छ । बैंक संचालक समितिका अध्यक्ष प्रताप जङ्ग पाण्डको प्रमुख अतिथ्य तथा प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलको अध्यक्षतामा बैंकको प्रधान कार्यालयमा बिभिन्न सेवाहरुको थालनी गर्दै बैंकले एघारौं वार्षिकोत्सव मनाएको हो ।

बैंकले प्रधान कार्यालय लगायत देशै भरिका शाखाहरुमा समेत बिभिन्न कार्यक्रमहरु आयोजना गरेको छ । बैंकको प्रधान कार्यालयमा प्रायोरीटि बैंकिग सेवाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष प्रताप जङ्ग पाण्डेले गरेका छन् भने कल सेन्टर सेवा र मिस्ड कल बैंकिंग “एक घण्टी झ्याप्प पेमेन्ट” सेवाको शुभारम्भ बैंक संचालक समितिका सदस्य प्रकाश तायलले गरेका छन् ।

सामाजिक उत्तर्दायित्वका कार्यक्रम अन्तरगत देशभर छरिएका बैंकका मुख्य शाखा सहित ३८ स्थानमा ५९ शाखाहरुको सहभागितामा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियोे । बैंकका ५६ स्थानका ५६ वटै शाखाहरुमा विपन्न तथा जेहन्दार छात्रालाई छात्रवृति कार्यक्रम अन्तरगत बैंकले सरकारी विद्यालयमा कक्षा ६ देखि कक्षा १० मा अध्ययनरत गरीव तथा जेहन्दार छात्रालाई छात्रवृति स्वरुप ५ हजार रुपैंको दरले प्रदान गरिने कार्यक्रम रहेको छ ।

वार्षिकोत्सवको अवसरमा प्रायोरीटि बैंकिग सेवाको सुरुवातसँगै कल सेन्टर सेवाको सुरुवात गरेको बैंकले मिस्ड कल बैंकिंग “एक घण्टी झ्याप्प पेमेन्ट” सेवाको सुरुवात गरेको छ । साथै सिभिल बैंक ईन्टरनेशनल भर्चुअल डलर कार्ड सेवाको सुरुवात गरिएको छ भने सिभिल भर्चुयल एसिस्टेन्ट “सिभा”को पनि सुरुवात गरिएको छ ।

बैंकमा पाँच वर्षभन्दा लामो समयदेखिसेवा प्रदान गरेका बैंक कर्मचारीहरुलाई पनि बैंकले अभिनन्दन गरेको छ ।

सिभिल बैंकले एघारौं वर्ष पार गर्दा सम्म करिव ९२ अर्व निक्षेप संकलन गरि करिव ८८ अर्व ऋण लगानी गरेको छ । बैंकले यस आर्थिक वर्षको प्रथम त्रैमास सम्ममा २९ करोड १८ लाख खुद मुनाफा कमाउन सफल भएको छ । बैंकले हाल ११५ शाखा तथा १० वटा एक्सटेन्सन काउण्टर मार्फत सेवा संचालन गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।