कामना सेवा विकास बैंकका दुई शाखा स्तरोन्नती पछि सञ्चालनमा


कामना सेवा विकास बैंकले नवलपरासी, सुस्ता पूर्व जिल्ला देवचुली नगरपालिका वडा नं. १५ प्रगतीनगर तथा नवलपरासी, सुस्ता पूर्व जिल्ला कावासोती नगरपालिका, वडा न १६, डण्डामा शाखा स्तरोन्नती गरि सञ्चालनमा ल्याएको छ ।

सेवाग्राहीको सुविधालाई मध्यनजर गरी एकै दिन दुई शाखा कार्यालय स्तरोन्नती गरि सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

अत्याधुनिक सुविधा सम्पन्न कार्यालयद्वारा छिटो र छरितो रुपमा सेवा प्रदान गर्ने हेतुले हाल सञ्चालनमा रहेको कार्यालयको पुनर्निर्माण सम्पन्न गरि बैंकका अध्यक्ष्य सुदिप आचार्यले उदघाटन गरेका हुन् ।

सोसियल मिडिया बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एसएमएस बैंकिङ जस्ता डिजिटल माध्यमबाट समेत सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको बैंकले १२९ वटा शाखा, एउटा बिस्तारित काउन्टर तथा ७६ वटा एटीएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।