नाडा अध्यक्षका प्रत्याशी ध्रुव थापाको प्यानल घोषणा, सबै प्रदेशका व्यवसायीलाई समेट्ने प्रतिवद्धता

0
Shares

अटोमोबाइ व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स् एशोसिएसन अफ नेपालको आसन्न निर्वाचनमा अध्यक्षको दाबेदारी प्रस्तुत गर्दै आएका ध्रुव थापाले विहीबार आफ्नो प्यानल सार्वजनिक गरेका छन ।

राजधानीमा एक कार्यक्रमको आयोजना गरी थापाले आफ्नो प्यानल सहित उम्मेदवारी घोषणा गरेका हुन् । ’अब बनाउनु छ नाडा, सबै अटोमोबिल्स व्यवसायीको साझा’ भन्ने नाराका साथ थापाले उम्मेदवारीसँगै आफ्नो टिम घोषणा गरेका हुन ।

अध्यक्ष पदका प्रत्याशी थापाले आफ्ने टीमको प्रतिबद्धता सार्वजनिक गर्दै आफ्नो टीममा व्यवसायीक सदस्यहरु रहेको प्रष्टयाए । थापाले भने ’हामीले सबै प्रदेशका साथीहरुसँग अन्तर्किया गरेका छौं । छलफलमा उठेका समस्यालाई सम्बोधन गर्न हामी प्रतिवद्ध रहेका छौं ।’

थापा प्यानलको प्रतिबद्धता प्रदेश स्तरीय संरचनालाई अधिकार दिने, व्यवसायमैत्री वातावरण निमार्ण गर्न पहल गर्ने, नाडालाई अझ बलियो बनाउन विज्ञ टोलीको निर्माण गरी सरकारसँग प्रत्यक्ष र प्रभावकारी छलफल गर्ने आदि रहेका छन्।

थापाले अबका दिनमा नाडाले आफ्नै भवनमा काम गर्ने वातावरण सृजना गर्न भवन निर्माणको लागि पहल कदमी चाल्ने साथै नीतिगत योजना, सचिवालय सुधार कार्य, नाडा अटो शो कार्यविधि र प्याटेन्ट दर्ता, डाटा हव निमार्ण कार्य अघि बढाउने, सामाजिक उत्तरदायित्व विस्तार गर्ने जस्ता प्रतिबद्धता पनि घोषणा गरे ।

अध्यक्ष पदका उम्मेदवार धुव थापाको प्यानलमा नाडाको वर्तमान कार्य समितिका आकाश गोल्छा, निराकार श्रेष्ठ, दिपक अग्रवाल, कपिल शिवाकोटी र शुभाशिष थपलिया रहेका छन । थापाले आफ्नो प्यानलमा यमुना श्रेष्ठलाई समावेश गरी नाडामा महिला सहितको समूह निर्माण गरेका छन्।

त्यस्तै अमरज्योति रञ्जित, बि।एन। पाठक, दिपेन्द्रकुमार मिश्र, नवराज भुसाल, नारायणप्रसाद पौडेल (राजन), प्रदिपमान प्रधान, प्रकाश सिग्देल, रिद्धि कार्की, सगुन बि।एस कंसाकार, सञ्जयकुमार खेतान जस्ता लामो अनुभव भएका अटो व्यवसायीहरु समूह थापाको प्यानलमा रहेका छन । नाडाको इतिहास मै यस्तो समावेशी प्यानल पहिलो पल्ट बनेको हो थापाको दाबी छ ।

नाडाका वर्तमान सदस्य तथा थापा प्यानेलबाट उम्मेदवारी दिएका कपिल शिवाकोटीले नाडाको नयाँ निर्वाचनले सवल, सक्षम, र सम्पूर्ण व्यवसायीको समस्या आफ्नै समस्या मानेर कामगर्न सक्ने व्यक्तिको खाँचो रहेको बताए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।