‘एनआईबिएल सहभागिता फण्ड’ का इकाईहरु अनलाइन मार्फत पनि बिक्री गर्न सकिने

0
Shares

‘एनआईबिएल सहभागिता फण्ड’ खुलामुखी योजनाका इकाईहरु अनलाइन मार्फत पनि बिक्री गर्न सकिने भएको छ ।

कम्पनीका अनुसार यसअघि अनलाइन मार्फत खरिद मात्र गर्न सकिने व्यवस्था रहेकोमा आइतबारबाट बिक्री पनि गर्न सकिने सेवा सुरु गरेको हो ।

यस योजनाका इकाईहरु स्वचालित विद्युतीय (अनलाइन) कारोबार प्रणाली मार्फत खरीद तथा अन्य विभिन्न अनलाईन सुविधाहरुको व्यबस्था गर्दै आइरहेकोमा मंसिर १९ गते आइतबारबाट सोही विद्युतीय प्रणाली मार्फत इकाईहरुको बिक्री गर्न सकिने व्यवस्था गरेको कम्पनीले जनाएको छ ।

हाल योजना व्यवस्थापकले आवश्यक पूर्वाधार निर्माण गरी यस योजनाको कारोबारलाई थप प्रभावकारी तथा सहज बनाउन र योजनाको पहुँचलाई इन्टरनेटको माध्यमद्घारा आम लगानीकर्ताहरु माझ सहजै उपलब्ध गराउने उद्देश्यका खरिद तथा बिक्री दुवै सेवा संचालन गरेको जनाएको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रबद्र्धक तथा एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत यो योजना संचालित रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।