गोर्खा ब्रुअरीले ल्यायो जाडोमा शरीरलाई तातो बनाउने ‘फायर मून’ विन्टर वार्मर बियर

0
Shares

गोर्खा ब्रुअरीले जाडो मौसमका लागि लक्षित गरेर नेपालमै पहिलो पटक विन्टर वार्मर बियर ‘फायर मून’ बजारमा ल्याएको छ ।

विन्टर वार्मर बियर नेपालको कठ्याङ्ग्रिने जाडोका लागि निकै नै उपयुक्त रहेको कम्पनीले जनाएको छ । फायर मून एउटा विन्टर वार्मर क्राफ्ट बियर हो, जसमा बियर पिउँदा शरीरलाई न्यानो पार्र्न मद्दत गर्ने उत्कृष्ट बास्ना भएको मसलाहरुको स्वाद छ ।

वियरमा हप्स, माल्ट र यिस्टबाहेक यस विन्टर वार्मर बियरमा ल्वाङ, सुकमेल, दालचिनी, अदुवाजस्ता शरीरलाई तातो बनाउने मसलाहरु छन् । अन्य बियरहरुभन्दा यो विन्टर वार्मर बियरलाई सहजै पिउन सकिन्छ र यसको मजा चिसो नबनाई कोठाको तापक्रममा पनि लिन सकिन्छ ।
यसको रङ उत्कृष्ट छ र यो सुगन्धित मसलाहरुले भरिपूर्ण छ । यसले जाडो मौसममा न्यानो दिने काम गर्छ ।

पाँच प्रतिशत अल्कोहलका साथ फायर मून ३३० मिलिमा उपलब्ध रहेको छ । वियरको प्रति बोतलको मूल्य १८० रुपैयाँ निर्धारण गरिएको छ । पुल–अफ क्यापको साथ बजारमा आउन लागेको वियर उपभोक्ताले सजिलै बोतल खोलेर जहाँ पनि स्वाद र सुगन्धको अनुपम मिश्रण भएको स्पाइस्ड–अप बियरको मजा लिन सक्ने कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।