ओमिक्रोनबाट त्रसित लगानीकर्ता, दिनानुदिन घट्दै छ बिटकोइनको मूल्य

0
Shares

ओमिक्रोनको केसहरु भेटिएसँगै क्रिप्टोकरेन्सी बिटकोइनको बजार मुल्य निरन्तर घटेको छ।

डिसेम्बरको सुरुमा लगभग ५७ हजार अमेरिकी डलरमा बिक्री भइरहेको बिटकोइन हाल ४८ हजार ६ सय डलरमा किनबेच भइरहेको छ ।

ओमिक्रोन भेरियन्टका केसहरु पुष्टि भएसँगै विश्व अर्थतन्त्र पुनः धरमराउन लागेको छ ।

कोरोनाले विध्वंश पारेको अर्थतन्त्र रिकभर हुँदै गरेको बेला ओमिक्रोन भेरियन्टको केसहरु भेटिएसँगै विश्वव्यापी आर्थिक रिकभरीलाई ओमिक्रोनले पटरीबाट हटाउँछ भन्ने डर लगानीकर्ताहरुमा रहेको छ।

“हामीले ओमिक्रोन भेरियन्टको निरन्तर डर देखिरहेका छौं,” डिजिटल सम्पत्ति ब्रोकर ग्लोबल ब्लकका व्यापारी मार्कस सोटिरियोले भने ।

चल सम्पतिहरु जस्तै स्टक, बन्ड र कमोडिटीहरू भन्दा बिटकोइन बढी सुरक्षित सम्पत्ति भएको र स्वतन्त्र रूपमा व्यापार गर्न मिल्ने भएकोले यसले लगानीकर्ताहरूलाई उनीहरूको जोखिमलाई सन्तुलनमा राख्न सघाउने विज्ञहरुले भनेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।