महालक्ष्मी विकास बैंकद्धारा टोल बिकास संस्थालाई फोहोर व्यवस्थापन सामग्री प्रदान


महालक्ष्मी विकास बैंकको कमाने शाखाले संस्थागत सामाजिक उत्तरदायित्व हेटौंडा उपमहानगरपालिका ११ मा रहेको गणेश टोल बिकाश संस्थालाई २० थान ठुलो डस्टबिन सहयोग स्वरुप प्रदान गरेको छ ।

शहिद स्मारक पार्कमा आयोजित एक कार्यक्रमका बीच कमाने शाखाका प्रबन्धक रोशन सेन गुप्ता र हेटौँडा ११ का कार्यबाहक अध्यक्ष रामचन्द्र न्यौपानेले उक्त डस्टबिनहरु गणेश टोल बिकाश संस्थाका अध्यक्ष तारा कप्रौलालाई संयुक्त रूपमा हस्तान्तरण गरेका हुन् ।

यो सहयोगले टोलको सौन्दर्य बिस्तारमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । हेटौंडा ११ का कार्यबाहक वडा अध्यक्ष न्यौपानेले सबै मिलेर आ आफ्नो टोललाई सफा र हराभरा राख्न सके सबै वडा आफै राम्रो हुने र विकासको गति बढ्ने बताए । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरु संचालन गर्ने बैंकले जनाएको छ ।

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले विकास बैंकहरुमा पहिलो पटक वैदेशिक यात्रा गर्नेको सहजताका लागि भिसा इएमभी चिपमा आधारित ट्राभल कार्ड, इकमर्श कार्ड र डलर कार्ड जारी गरिसकेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।