खल्तीबाट ५० रुपैयाँ रिचार्ज गर्दा आइफोन १३ जित्ने अफर सुरु


अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ ले आइफोन जित्ने अफर “खल्ती मा आइफोन १३” अफर र ५० रुपैयाँमा १ लाख खल्ती प्वाइन्ट्स पाउने अफर सुरु गरेको छ ।

डिसेम्बर ५ देखि सुरु भएको उक्त अफर १४ जनवरीसम्म सञ्चालन हुनेछ ।

अफरमा सहभागि हुनका लागि एपको फिचर्ड सर्भिसेजमा गई “खल्ती मा आइफोन” बाट ५० रुपैयाँको रिचार्ज गर्नुपर्ने हुन्छ ।

उक्त रकम रिचार्ज भएको नम्बर विेता बन्नका लागि एकभन्दा धेरै पटकसम्म रिचार्ज गर्न सकिने खल्तीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । अफरमा सहभागि सबै प्रयोगकर्तामध्येबाट एक जनालाई आईफोन १३ वितरण गरिनेछ ।

दैनिक रुपमा एक जनाले १ लाख खल्ती प्वाइन्ट्स पाउने खल्तीले जनाएको छ । यसका लागि खल्तीमा प्रयोगकर्ताले केवाईसी भेरिफाई गराएको हुनु पर्ने बताइएको छ ।

“खल्ती मा आइफोन १३ ” अफर सकिएको एक साता पछि खल्तीको फेसबुक पेज लाइभमार्फत विजेटा घोषणा गरिनेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।