विराटनगर र पर्वतमा पनि ‘युवासँग-महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न

0
Shares

महालक्ष्मी लाईफ इन्स्योरेन्सले विराटनगर र पर्वतको विभिन्न ६ स्थानमा ‘युवासँग-महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न गरेको छ।

युवा र विद्यार्थी माझ बीमा सम्बन्धी जनचेतना जगाउने उद्देश्यले महालक्ष्मी लाईफ देशभर ‘युवासँग-महालक्ष्मी लाईफ’ कार्यक्रम संचालन गरिरहेको छ ।

विराटनगरको इर्डन वर्ग कलेजमा मंसिर २० गते सम्पन्न कार्यक्रममा स्नातक अन्तिम वर्षका ७० जना विद्यार्थीको उपस्थिति रहेको थियो । क्याम्पस प्रमुख दिपेन्द्र कुमार साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महालक्ष्मी लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र उपक्षेत्रिय प्रमुख हिरा निरौलाले प्रशिक्षण दिएका थिए ।

त्यसै गरी मंसिर १४ देखि १७ गते सम्म पर्वत जिल्लाको सदरमुकाम र ग्रामिण भेगमा पनि ‘युवासँग- महालक्ष्मी लाईफू कार्यक्रम संचालन भएको छ ।

गुप्तेश्वर बहुमुखि क्याम्पस कुस्मा, जनज्योती माध्यमिक विद्यालय ठानामौला फलेवास, पर्वत बहुमुखि क्याम्पस देवीस्थान फलेवास, मोदी पुस्तकालय देविस्थान फलेवास, भवानी विद्यापिठ फलेवास र युवा क्लव लिमिठाना फलेवासमा बीमा जागरण कार्यक्रम सम्पन्न भएको हो ।

उक्त सबै कार्यक्रमहरु क्याम्पस प्रमुख र क्लव अध्यक्षको अध्यक्षता भएको तथा उक्त बीमा जागरण कार्यक्रममा ३० देखि ६० जनाको उपस्थिति थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।