टिकटकले ‘सोसियल सपिङ्ग’ नामक नयाँ फिचर थप्ने

0
Shares

पछिल्लो समयमा चर्चित तथा लोकप्रिय बन्दै गएको सामाजक सञ्जाल टिकटकले आफ्नो एपमा नयाँ फिचर अपडेट गर्ने भएको छ ।

टिकटकले “सोसियल सपिङ्ग” नामक नयाँ फिचर थप्ने भएको हो । टिकटकलाई मार्केटिङको लागि पनि प्रयोग गर्न सोसियल सपिङ्गको अवधारणा अघि सारिएको हो । सोसियल सपिङ्गले ग्राहकलाई सिधै आफुलाई मनपर्ने ब्रान्डसँग जोडिन सघाउने छ ।

पछिल्लो समयमा टिकटकका प्रयोगकर्ताको संख्या ह्वातै चुलिएको छ। २०२१ मा गरिएको एक अध्ययन अनुसार टिकटकका प्रयोगकर्ताको संख्या १ अर्ब बढी छ ।

“सोसियल सपिङ्ग” फिचर सुरुमा यूकेका प्रयोगकर्ताहरुमा मात्रै सीमित हुनेछ ।

सामाजिक सञ्जालका लागि भने यो फिचर नौलो होइन। यस अघि फेसबुक र इन्स्टाग्रामले आफ्नो एपमा पनि सपिङ्ग फिचर सञ्चालन गरिसकेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।