चिनियाँ सामाजिक सञ्जाल वेइबोलाई ४७ लाख डलर जरिवाना

0
Shares

चिनियाँ सामाजिक सञ्जाल प्लेटफर्म वेइबो कर्पोरेशनलाई चीनको इन्टरनेट नियामक निकायले ४७ लाख डलर जरिवाना तिराएको छ ।

बारम्बार अवैध सूचना प्रकाशित गरेको भन्दै इन्टरनेट नियामक निकायले ओइबोलाई ३० मिलियन युआन अर्थात् ४७ लाख डलर जरिवाना तिराएको हो ।

साइबर स्पेस एडमिनिस्ट्रेशन अफ चाइना (सीएसी) ले वेइबोले नाबालिकहरूको सुरक्षा कानुनका साथै साइबर सुरक्षा कानूनको उल्ङ्घन गरेको बताएका छन्।
बेइजिङको स्थानीय साइबर स्पेस नियामकले गत वर्ष नोभेम्बरदेखि वेइबोलाई कूल १४.३ मिलियन युआनको ४४ वटा जरिवाना लगाएको थियो।

सीएसीले एक विज्ञप्तिमा– वेइबो कम्पनीलाई तत्काल सुधार गर्न र सम्बन्धित जिम्मेवार व्यक्तिहरूलाई गम्भीरतापूर्वक व्यवहार गर्न आदेश दिएको छ।

वेइभो सञ्चालक समितिले पनि एक विज्ञप्तिमा आफुहरुले नियामकबाट पाएको इमानदारीपूर्वक आलोचनालाई स्वीकार गर्दै र सजायको प्रतिक्रियामा कार्य समूह स्थापना गरेको जानकारी दिएको छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।