पेरिसमा टेस्ला कम्पनीको मोडल–३ का कारहरु प्रतिबन्धमा

0
Shares

पेरिसको अग्रणी ट्याक्सी कम्पनी जी ७ ले आफ्नो कार्यक्षेत्रमा टेस्ला मोडल–३ का कारहरूको प्रयोगलाई प्रतिबन्ध लगाएको छ। यसै हप्ता भएको घातक दुर्घटनापछि टेस्लाको मोडल–३ को कारहरुलाई प्रतिबन्ध गरिएको हो।

जी ७ का उप–प्रमुख कार्यकारी यान रिकोर्डेलका अनुसार अफ–ड्युटी ट्याक्सी चालकले आफ्नो परिवारलाई रेस्टुरेन्टमा लैजाँदै गर्दा दुर्घटना भएको थियो। दुर्घटनामा परी एक जनाको ज्यान गएकोे छ भने अन्य २० जना घाइते भएका छन्। उपचार गराइरहेका ३ जनाको अवस्था भने गम्भीर रहेको बताइएको छ ।

फ्रान्सेली सञ्चारमाध्यमका अनुसार कारले एक साइकल यात्री र तीन जना पैदल यात्रीलाई भ्यानसँग ठक्कर दिँदा सात जना गम्भीर घाइते भएका हुन्। आफ्ना ड्राइभरहरू, ग्राहकहरू र अन्य सडक प्रयोगकर्ताहरूका लागि सुरक्षा उपायको रूपमा, अनुसन्धान जारी रहँदा सम्म टेस्ला मोडेल–३ को कारहरु निलम्बन कायम राख्ने जानकारी रिकोर्डेलले दिए।

जी७ ले यस केसको अनुसन्धान पूरा नभएसम्म आफ्नो कार्यक्षेत्रमा ३७ वटा टेस्लाको मोडल–३ कारहरूको प्रयोगलाई निलम्बन गर्ने बताएको छ। तर यस घटनाको बारेमा टेस्लाले तुरुन्तै कुनै टिप्पणी दिएको छैन।

प्रारम्भिक अनुसन्धानको रिर्पोट अनुसार गाडीको प्राविधिक खराबीको कारण दुर्घटना भएको हुनसक्ने बताइएको छ। चालकले ब्रेक लगाउने प्रयास गरेको तर कारको गति बढ्दै गएको हुनाले दुर्घटना भएको थियो। यसै क्रममा कार अटोपाइलट मोडमा चलिरहेको थियो कि थिएन भन्ने स्पष्ट छैन।

टेस्ला मोडेल–३ गाडीका मालिकहरूलाई निलम्बनको समयमा हुन पुग्ने असरको पूर्ण रूपमा क्षतिपूर्ति दिइनेछ।

जी७ पेरिसको सबैभन्दा ठूलो ट्याक्सी कम्पनीहरू मध्ये एक हो। जस अन्तर्गत ९,००० ड्राइभरहरू छन् जो स्वतन्त्र अपरेटरहरू हुन् र आफ्नो सवारी साधनको मालिक पनि हुन्। जी७ फ्लीटका आधा इलेक्ट्रिक वा हाइब्रिड सवारी साधनहरू छन्।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।