अमेजनले आफ्नो संयुक्त लगानीमा रहेको प्रायन भेञ्चर खरिद गर्ने

0
Shares

सूचना प्रविधिको क्षेत्रका पाँच ठूला कम्पनीहरु मध्येको एक अमेजनले प्रायन सर्भिसेस प्राइभेट लिमिटेड खरिद गर्ने भएको छ ।

काटामरन एड्भाइर्जस र अमेजनको संयुक्त लगानीमा रहेको यस कम्पनीलाई अमेजनले पूर्ण रुपमा आफ्नो बनाउने भएको हो ।

यसअघि गत अगष्ट महिनामा काटामरन र अमेजनको संयुक्त लगानीमा स्थापना भएको प्रायन सर्भिसेस सन् २०२२ मे बाट सञ्चालनमा नल्याउने भनिएको थियो । यसै निर्णयलाई सार्थकता दिन अमेजनले प्रायन कम्पनी किन्ने भएको हो ।

अमेजनको पूर्ण स्वामित्वमा रहने प्रायन सर्भिसेसको व्यवसायहरू हालको व्यवस्थापनको नेतृत्वमा जारी रहने बताइएको छ । अमेजनले के–कतिमा उक्त कम्पनी खरिद गर्यो भन्ने बारे कुनै पनि जानकारी कम्पनीले दिएको छैन ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।