क्लासिक टेकमा २८ ब्रान्च म्यानेजर सहित ६६४ जनालाई रोजगारीको अवसर

0
Shares

देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले देशभरि ब्रान्च म्यनेजर देखि फाइबर टेक्निसियन सम्म ६६४ कर्मचारी मागेको छ ।

कम्पनीले तल्लो तह बाट मत्थिलो तह सम्ममा कर्मचारी मागेको छ । ब्रान्च म्यानेजर २८ जना ,फ्रन्ट डेस्क अस्सोसिएट ८० जना , डोर टू डोर सेल्स अस्सोसिएट २५० जना ,फाइबर सेल्स अस्सोसिएट –बाइक राइडर २०० जना ,फाइबर सुपरवाईजर ६२ जना ,एचआर म्यानेजर २ जना , कोर्पोरेट म्यानेजर २ , कल सेन्टर एसोसिएट ४० जना माग गरेको हो ।

नेपालमा सन् २००९ देखी सुभाराम्भ भएको कम्पनी १२ बर्षमै ७४ वटा जिल्लाका १०३ आउटलेट बाट सेवा सञ्चालनमा ल्याएको छ । दुर्गम क्षेत्र देखि साना साना गाँउ घरमा थप सेवा विस्तार गर्दै ग्राहकहरूलाइ छिटो तथा छरितो सेवा प्रदान गर्न कम्पनीले देशभरि कर्मचारी मागेको हो ।

कम्पनी ले स्टाफ हरुलाई बिषेस सेवा सुबिधा दिदै आएको छ । सामाजिक सुरक्षा कोष (एसएसफ् ) मा पनि लागेको र कर्मचारीहरुले राम्रो पहिचान पाउने कम्पनीले बताएको छ। बेसिक सेलरी मा ओवर टाइम, इन्सेंतिव,फ्यूल, मर्मत खर्च लगायत अरु खर्च पनि कम्पनीले दिदै आएको छ ।

हाल कम्पनीमा १५०० जना कर्मचारी कार्यरत रहेको र सेवा सुबिधा थप प्राथमिकता र जोड दिन कर्मचारी हरुको माग गरेको कम्पनीले जनाएको छ । हाल ७४ जिल्ला मा सेवा दिंदै आएको क्लास्सिक टेक ले ग्रामिण तथा दुर्गम इन्टरनेट नपुगेको ठाउमा समेत आफ्नो सुबिधा पुर्याउने लक्ष्य राखेको छ । सोहि लक्ष्य प्राप्तिका निम्ति कम्पनीले कर्मचारी हरुको माग गरेको जनाएको छ ।

इच्छुक व्यक्तिले क्लासिकटेकमा अपलाई गर्नलाई email- [email protected] मा आफ्नो अपडेटएड सिवि पठाएर सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ । वा ९८०१००६६३३ बाट पनि सोधपुछ गर्न सकिनेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।