ग्लोबल आईएमई बैंक पुतलीसडक शाखाबाट डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

0
Shares

ग्लोबल आईएमई बैंकको पुतलीसडक शाखाले बिहीबार हिमालयन ह्वाइट हाउस कलेजमा वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ ।

देशका विभिन्न ठाउँमा वित्तीय साक्षरता कार्यक्रम गरिरहेको बैंकले बिहीबार वित्तीय साक्षरता अभिवृद्धि गर्ने उदेश्यका साथ पुललीसडक शाखा मार्फत हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजमा एक दिवसीय डिजिटल बैंकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

महानगरिय ट्राफिक कार्यालयका निरिक्षक सुरेश थापाको सभापतित्वमा सञ्चालित कार्यक्रममा ग्लोबल आईएमई बैंकको फाइनान्सियल रिसोर्स म्यानेजमेन्टको प्रबन्धक निकिता भण्डारी/थापा र कार्ड विभागका अधिकृत निराजन श्रेष्ठले उक्त कार्यक्रममा डिजिटल वित्तीय साक्षरता सम्बन्धि जानकारी दिएका थिए । जसमा बैंकले लागू गरेका विभिन्न सेवा सुविधाहरु, डिजिटल बैंकिङ्ग प्रविधिहरु, बैंकिङ्गका विविध आयामहरुको बारेमा जानकारी दिइएका थियो ।

यस्तै वित्तीय कारोबार, जोखिम न्यूनीकरण, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमुलक लगानी साथै बैंकका बचत तथा कर्जा योजना लगायतका बारेमा सहभागिहरुका लागि जानकारी प्रदान गरिएको बैंकले जनाएको छ ।

डिजिटल बैंकिङ्ग सम्बन्धी जानकारी गराई डिजिटल बैंकिङ्ग प्रविधिहरुमा अभ्यस्त गराउने उदेश्यले आयोजित कार्यक्रममा बैकिङ्ग ज्ञान अभिवृद्धि गर्न, बचत प्रोत्साहन गर्न, पूँजी निर्माण गरि उद्यमशिलता वृद्धि गर्ने साथै पछिल्लो समयमा कोभिड–१९ को महामारीको समयमा डिजिटल बैकिङ्ग प्रति ग्राहकहरुले देखाएको आर्कषणको साथै डिजिटल बैंकिङ्गका फाईदा तथा चुनौतीहरुको बारेमा कार्यक्रमका प्रशिक्षकहरुले प्रकाश पारेको ग्लोबल आईएमई बैंकको पुतलीसडक शाखा प्रमुख प्रणव तिम्सीनाले जानकारी दिए ।

काठमाण्डौंको मध्य भागमा अवस्थीत पुतलीसडकलाई व्यापारिक दृष्टिकोणबाट पनि महत्वपूर्ण मानिन्छ । ह्वाइट हाउस कलेजका प्रिन्सिपल ताेयानारायण पाैडल प्रमुख अतिथि रहेकाे कार्यक्रममा सो क्षेत्रका व्यवसायी, व्यापारी, विद्यार्थी लगायत एक सय जनाभन्दा बढी सर्वसाधारणहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमको सञ्चालन ग्लोबल आईएमई बैंक पुतलीसडकका शाखा प्रबन्धक प्रणव तिम्सीलाले गरेका थिए । कार्यक्रममा बैंकका रिलेसनरिप म्यानेजनर सौरभ श्रेठ, डिपोजिट रिलेसनरिप म्यानेजनर नरद नाथ लगायत अन्य कर्मचारीहरुको पनि उपस्थिति थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।