“प्यासेन्जर प्ले” फिचर माथि प्रतिबन्ध लगाउँदै टेस्ला

0
Shares

विद्युतीय कार निर्माता कम्पनी टेस्लाले आफ्ना कारहरूमा भएको “प्यासेन्जर प्ले” फिचर माथि प्रतिबन्ध लगाउने भएको छ।

“प्यासेन्जर प्ले” फिचर अन्तर्गत प्यासेन्चरले गाडी चलिरहेको बेला गाडीको स्क्रिनमा भिडियो गेमहरू खेल्न मिल्थ्यो।

अति प्रविधियुक्त सेवा प्रदान गरिरहेको टेस्लाका उक्त फिचरहरुकै कारण सडक दुर्घटना बढ्दै गएपछि अमेरिकी राष्ट्रिय राजमार्ग ट्राफिक सुरक्षा प्रशासन बोर्डले टेस्लालाई “प्यासेन्जर प्ले” फिचर हटाउन भनेको हो।

“प्यासेन्जर प्ले” भनेर चिनिने यो कार्यक्षमताले चालकलाई विचलित पार्न सक्ने र दुर्घटनाको जोखिम बढाउने हुँदा राष्ट्रिय राजमार्ग ट्राफिक सुरक्षा प्रशासन बोर्डले उक्त आदेश दिएको हो।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।