बीमा समितिमा सन्तोष रिजाल सञ्चालक नियुक्त

0
Shares

बीमा समितिमा रिक्त सञ्चालक पदमा सन्तोष रिजाल नियुक्त भएका छन् ।

सरकारले बीमा समितिका सञ्चालकमा बीमितको तर्फबाट प्रतिनिधित्व गर्नेगरी दाङका सन्तोष रिजाललाई नियुक्त गरेको हो ।

अर्थशास्त्रका ज्ञाता रिजालसँग बीमितको हितमा काम गरेको अनुभव समेत छ ।

बीमा ऐन २०४९ अनुसार बीमा समितिमा चार जना सञ्चालक रहने व्यवस्था रहेको छ । समितिमा नेपाल सरकारले नियुक्त गरेको वा तोकेको व्यक्ति अध्यक्ष, कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको तर्फबाट प्रतिनिधि, अर्थ मन्त्रालय बीमा व्यवसायमा विशेष ज्ञान भएका व्यक्तिहरु मध्येबाट नेपाल सरकारले मनोनित गरेको एक जना र बीमितहरु मध्येबाट नेपाल सरकारले मनोनीत गरेको एक जना व्यक्ति सञ्चालक रहने व्यवस्था छ ।

सञ्चालक नियुक्तिसँगै बीमा समितिबाट हुने काम कारवार्ही थप पारदर्शी र विवादरहित हुने तथा गलत काम रोकिने अपेक्षा गरिएको छ ।

बीमा समितिको सञ्चालकको संख्या तीन जना पुगेको छ । बीमा समितिको बोर्डमा अझै एक जनाको टुंगो लाग्न बाँकी छ । अर्थमन्त्रालयबाट प्रतिनिधित्व गर्ने निवर्तमान सञ्चालक नारायण प्रसाद सापकोटाले राजीनामा दिएका छन् ।

प्रधानमन्त्री कार्यालयको ठाडो आदेशमा बीमा समितिको सञ्चालक परिवर्तन गरिएपनि नयाँ सञ्चालकले पनि सञ्चालक भएर नजाने अडान लिएपछि अर्थमन्त्रालय पुनः अर्को व्यक्तिलाई सञ्चालक बनाउने तयारी भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।