हिमालयन बैंकको साधारण सभा पुस ३० गते, इन्भेष्टमेन्ट बैंकसँगको मर्जर एजेण्डा पास होला ?

0
Shares

हिमालयन बैंक लिमिटेड (HBL) ले यहि पुस ३० गते शुक्रबार गत आर्थिक वर्ष २०७७।७८ को साधारण सभा आह्वान गरेको छ ।

बैंकले भिडियो कन्फ्रेन्सको माध्यमबाट केन्द्रीय कार्यालय, कमलादीमा बिहान ११ बजे आह्वान गरेको उनन्तीसौँ वार्षिक साधारण सभामा लाभांश अनुमोदन र नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जर प्रस्ताव पारित गर्ने मुख्यय एजेण्डा रहेको छ ।

नेपाल राष्ट्र बैंकबाट एक बराबर एक सेयर स्वाप रेसियो अनुपातमा एक आपसमा विग मर्जर गर्न सैद्धान्तिक स्कवीकृति पाएर पनि मर्जर गर्न अनइच्छुक देखिएको हिमालयन बैंकको उक्त साधारण सभाबाट सो प्रस्ताव के होला भन्ने आम चासो छ । ७ महिनादेखि मर्जरका कारण सेयर कारोबार रोक्का रहेका कारण पनि दुबै बैंकका सेयर लगानीकर्ताहरुलाई पनि यो साधारण सभाले गर्ने निर्णयको प्रभावले ठूलै प्रभाव पार्ने देखिन्छ । सेयर प्रिमियमबाट बोनस सेयर वितरण गर्दा तथा मर्जरबाट भएको लाभमा आयकर छली मुद्दाले पनिन यी दुई बैंकको मर्जरमा अवरोध सिर्जना गरेको छ ।

सभाबाटै नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर प्रक्रियालाई अन्तिम स्वीकृती प्रदान गर्ने वा नगर्ने टुङ्गो लाग्नेछ । सभाले हाल कायम लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने एजेण्डा राखेको छ । त्यसका साथै नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर गर्नेसम्बन्धी सम्पूर्ण कार्यहरुलाई स्वीकृत प्रदान गर्ने, शेयर स्वाप रेसियो १ बराबर १ कायम गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेलगायतका प्रस्तावहरु पारित गर्नेछ ।

सभाले सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको चुक्ता पूँजीको २१.३८ प्रतिशत बोनस सेयर र सोको करसहित ४.६२ प्रतिशत नगद अनुमोदन हुनेछ ।

बैंकले साधारण सभा र लाभांश प्रयोजनार्थ पुस ११ गतेदेखि बुकक्लोज गर्ने जनाएको छ । तर मर्जरका कारण बैंकको सेयर कारोबार भने यसअघि बैशाखदेखि नै रोक्का छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।