बीमा कम्पनीहरुमा साढे ११ हजार रोजगारः नेपाल लाइफमा सबैभन्दा धेरैलाई रोजगारी

0
Shares

राम्रो जाखिर त्यसमा पनि सरकारी जाखिर खाने धोको कसलाई हुँदैन र ? तर चाहने सबैले सरकारी जाखिर खान सक्दैनन् वा भनौ पाउँदैनन् । उच्च आकांक्षिका माझ सीमित संख्यामा खुला हुने विज्ञापनले सबेकाे सरकारी जाखिर खाने सपना पूरा हुँदैन ।  सरकारीपछि जाखिरको अर्को आकर्षका ठाउँ हो, निजी क्षेत्रबाट संगठित रुपमा स्थापित यी संस्थाहरु । त्यसमा पनि ठूला व्यवसायीक घराना र बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरु पनि रोजगारीका लागि आकर्षक गन्तब्य हुन् ।

आजका दिनमा जागिरका लागि बीमा कम्पनीहरु पनि आकर्षणका केन्द्र बन्न थालेका छन् । बीमा कम्पनीको बढ्दो संख्या, शाखाहरुको विस्तार तथा चेतनाले बीमा कम्पनीमा काम गर्न चाहनेका लागि अवसर पनि उत्तिकै उपलब्ध गराएको छ । तीब्र प्रतिस्पर्धाका कारण बीमा कम्पनीहरुले हरेक दिन पत्रपत्रिका, अनलाईन तथा सम्बन्धीत कम्पनीको वेवसाइटमा गर्ने ‘भ्याकेन्सी’ को विज्ञापनले पनि आगामी दिनमा यो क्षेत्रमा थप रोजगारी सिर्जना भैरहेको देखिन्छ ।

मंसिर मसान्तसम्ममा नेपालमा सञ्चालित २ पुनबीमा कम्पनी बाहेक ३९ बीमा कम्पनीहरुमा मंसिर मसान्तसम्ममा ११ हजार ४५२ जनाले रोजगारी पाएका छन् । देशमा बेरोजारी बढेर विदेश पलायन हुनेहरुको संख्या बढिरहेको अवस्थामा देशमा सञ्चालित बीमा कम्पनीहरुले साढे ११ हजार जनालाई स्वदेशभित्रै रोजगारी दिएको हो ।

बीमा समितिको तथ्याङ्क अनुसार मंसिर मसान्तसम्ममा बीमा कम्पनीहरुको शाखाको संख्या ३ हजार २४९ पुगेको छ । तथ्यांक अनुसार चालु आर्थिकवबर्ष २०७८।७९ को मंसिर महिनासम्ममा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको उक्त शाखा कार्यालयहरुमा ११ हजार ४५२ जना संख्यामा कर्मचारी रहेका छन् ।

तथ्यांक अनुसार १९ जीवन बीमा कम्पनीहरुको २ हजार २३० वटा शाखा कार्यालयहरुमा ६ हजार २ जनाले रोजगारी पाएका छन् । त्यस्तै, २० निर्जीवन बीमा कम्पनीहरुको १ हजार १९ शाखा कार्यालयमा ५ हजार ४५० जनाले रोजगारी पाएका छन् ।

जीवन बीमा कम्पनीतर्फ नेपाल लाइफमा सबैभन्दा धेरै ६६४ जनाले रोजगारी पाएका छन् । कम्पनीको १९८ वटा कार्यालयहरुमा सो संख्यामा रोजगारी प्राप्त भएको हो । यसैगरी एशियन लाइफका १५० शाखा कार्यालयमा ४४८ जना, युनियन लाइफका १७८ कार्यालयमा ४३० जना र ज्योति लाइफका १२८ शाखामा ४२० जनाले रोजगारी प्राप्त गरेको बीमा समितिले जनाएको छ ।

यस्तै नेशनल लाइफमा ३७५ जना, प्राइम लाइफ ३६४, सन् नेपाल ३५३, रिलायबल नेपाल ३२९, सिटिजनस लाइफ ३०९ र प्रभु लाइफमा ३०७ जनाले रोजगारी पाएका छन् । एक सयभन्दा बढी २०० भन्दा कम रोजगारी दिने जीवन बीमा कम्पनीको संख्या ७ रहेको छ । जसमा सूर्या लाइफमा २९४ जना, आईएमई लाइफ २५६, रिलायन्स २५२ जना, सानिमा लाइफ २३८, गुराँस लाइफ २३३, लाइफ इन्स्योरेन्स कर्पोरेशनमा २२५ जना र महालक्ष्मी लाइफले २२२ जनालाई रोजगारी दिएको छ ।

मेट लाइफ र राष्ट्रिय बीमा कम्पनीमा दुई सयभन्दा कम कर्मचारी रहेका छन् । मेट लाइफमा १५९ जना र राष्ट्रिय बीमा कम्पनीमा १२४ जना कर्मचारीले रोजगारी पाएका छन् । शाखा संख्याको हिसाबले पनि यी कम्पनीहरुको शाखा कार्यालयक कम छन् । मंसिरसम्म मेट लाइफका ३३ र राष्ट्रिय बीमा कम्पनीको शाखा कार्यालय २२ मात्र रहेको छ । ७ जीवन बीमा कम्पनीको शाखा एक सयभन्दा कम रहँदा १२ कम्पनीको शाखा एक सयभन्दा बढी छन् ।

2078 Mangsir
S.N Life Insurance Company Branch Staff 
1 Nepal Life Insurance  198 664
2 Asian Life Insurance  150 448
3 Union Life Insurance  178 430
4 Jyoti Life Insurance  128 420
5 National Life Insurance  114 375
6 Prime Life Insurance  155 364
7 Sun Nepal Life Insurance  191 353
8 Reliable Nepal Life Insurance  82 329
9 Citizen Life Insurance 148 309
10 Prabhu Life Insurance  99 307
11 Surya Life Insurance  125 294
12 I.M.E. Life Insurance  134 256
13 Reliance Life Insurance 119 252
14 Sanima Life Insurance  118 238
15 Gurans Life Insurance  93 233
16 Life Insurance corporation 81 225
17 Mahalaxmi Life Insurance  62 222
18 American Life Insurance (Met life) 33 159
19 Rastriya Beema Sansthan 22 124
  Total 2230 6002

निर्जीवन बीमा कम्पनीतर्फ शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै ६१० जनालाई रोजगारी दिएको छ । मंसिरसम्ममा कम्पनीका १०५ शाखामा उक्त संख्यामा कर्मचारीले जाखिर पाएका हुन् ।  यसैगरी नेको इन्स्योरेन्समा ४७२ जना, सगरमाथा इन्स्योरेन्समा ४३२, सिद्धार्थ इन्स्योरेन्समा ४०४ र एनएलजी इन्स्योरेन्समा ४०२ जनाले रोजगारी पाएका छन् । यस अवधिमा नेकोको शाखा संख्या ७७, सगरमाथाको ८१, सिद्धार्थको ९४ र एनएलजीको ८१ रहेको छ ।

मंसिर मसान्तसम्ममा प्रिमियर इन्स्योरेन्सले ३१४ जनाले रोजगारी पाउँदा अजोड इन्स्योरेन्समा ३०० जना, युनाइटेड इन्स्योरेन्समा २७२, आईएमई जनरलमा २७१, नेपाल इन्स्योरेन्स २६७, लुम्बिनी जनरल २६६, हिमालयन जनरल २१६, प्रभु इन्सयोरेन्स २१४, एभरेष्ट इन्सयोरेन्स २११ र प्रुडेन्सियल इन्स्योरेन्समा २०७ जनाले रोजगारी पाएको बीमा समितिको तथ्याङ्क छ ।

पाँच निर्जीवन बीमा कम्पनीहरु जनरल इन्स्योरेन्स, सानिमा जनरल इन्सयोरेन्स, राष्ट्रिय बीमा कम्पनी, नेशनल इन्स्योरेन्स र ओरियन्टल इन्स्योरेन्समा दुई सयभन्दा कम कर्मचारी कार्यरत रहेका छन् । मंसिर मसान्तसम्ममा जनरल इन्सयोरेन्समा १९९ जना, र सानिमा इन्सयोरेन्समा १५९ जना, राष्ट्रिय बीमा कम्पनीमा ९३ जना, नेशनल इन्स्योरेन्समा ७१ जना र ओरियन्टल इन्स्योरेन्समा ७० जनाले रोजगारी पाएका छन् । शाखा संख्याको हिसाबले कम रहेका कम्पनीमा कर्मचारी संख्या पनि न्यून छ । मंसिर मसान्तसम्ममा नेशनल इन्स्योरेन्सको शाखा सबैभन्दा कम १३ रहेकोमा ओरियन्टल इन्स्योरेन्सको १५ तथा सानिमा जनरल इन्सयोरेन्स र राष्ट्रिय बीमा कम्पनीको समान २३।२३ शाखा कार्यालयहरु सञ्चालनमा रहेका छन् ।

2078 Mangsir
S.N. Non Life Insurance Company Branch Staff 
1 Shikhar Insurance  105 610
2 Neco Insurance 77 472
3 Sagarmatha Insurance  81 432
4 Siddhartha Insurance  94 404
5 NLG Insurance 81 402
6 Premier Insurance  63 314
7 Ajod Insurance  54 300
8 United Insurance Co. (Nepal)  42 272
9 IME General Insurance 46 271
10 Nepal Insurance  53 267
11 Lumbini General 50 266
12 Himalayan General  32 216
13 Prabhu Insurance  53 214
14 Everest Insurance  38 211
15 Prudential Insurance  33 207
16 General Insurance  43 199
17 Sanima General Insurance  23 159
18 Rastriya Beema Company 23 93
19 National Insurance  13 71
20 Oriental Insurance  15 70
  Total 1019 5450

 

मुलुकमा बढ्दो गएको वित्तीय पहुँच तथा बीमाको बजार विस्तारले स्वदेशमा रोजगारी मात्रै बढाएको छैन यसले आर्थिक र सामाजिक रुपमा समेत योगदान पुर्याइरहेको छ ।

बीमा समितिका अनुसार मंसिर मसान्तसम्ममा वैदेशिक रोजगारी बीमालेख सहित बीमाको पहुँच ३० प्रतिशत जनसंख्यामा मात्रै पुगेको छ । बीमाको पहुँच र बीमा सम्बन्धी सचेतना नेपालमा अन्य मुलुकहरुको तुलनामा न्यून रहेकाले पनि यो क्षेत्र देशभित्र रहेको वेरोजगारहरुलाई रोजगारी दिनसक्ने प्रमुख क्षेत्र बन्नसक्ने बताइन्छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।