सानिमा बैंकको ‘सानिमा सजिलो इ–बैकिङ्ग’ नयाँ वर्ष धमाका योजना सार्वजनिक

0
Shares

सानिमा बैंक (SANIMA) ले नयाँ वर्ष २०२२ को अवसरमा ‘सानिमा सजिलो इ–बैकिङ्ग नयाँ वर्ष धमाका योजना’ सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकहरुले सानिमा सजिलो इ–बैकिङ्ग मार्फत् कारोबार गरी आकर्षक पुरस्कारहरु जित्न सक्ने बैंकले जनाएको छ ।

मोबाइल एप निर्माता एफ वन सफ्टसँगको सहकार्यमा संचालित यस योजनामा ३ जना भाग्यशाली विजेताले आईफोन १३, २ जना भाग्यशाली जोडीले बाली–इन्डोनेसिया भ्रमण र ५ जना भाग्यशाली जोडीले पोखरा भ्रमण पुरस्कारमा प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, पहिलो पटक कारोबार गर्ने १० जना ग्राहकले प्रत्येक दिन रु १०० क्यासब्याक पनि प्राप्त गर्न सक्नुहुनेछ । यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले सानिमा बैंकको मोबाइल बैकिङ्ग एप सानिमा सजिलो इ–बैकिङ्ग प्रयोग गरी ३ महिनामा कम्तीमा १५ वटा कारोबार गर्नुपर्नेछ ।

यो योजना जनवरी १ देखि मार्च ३१, २०२२ सम्म लागू हुनेछ । सानिमा बैंककोे मोबाइल बैकिङ्ग एप् प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गर्न सकिन्छ । साथै नजिकैको शाखामा सम्पर्क गरी कारोबार सुचारु गर्न सकिनेछ ।

सानिमा बैंकको देशभर ११९ वटा कार्यालय र ९७ वटा एटिएम संचालनमा रहेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।