आईडिया स्टुडियो नेपालको छैठौं संस्करणको लागि आवेदन खुल्ला

0
Shares

आईडिया स्टुडियो नेपालले छैठौं संस्करणको लागि आवेदन फारम खुल्ला गरेको छ।

आईडिया स्टुडियो नेपालले सन् २०१६ देखि सामाजिक सचेत व्यवसाय, उद्यमी र स्टार्ट–अपहरूका लागि प्रोत्साहन, स्रोत, ठाउँ, एक्सपोजर, सिकाइ, नेटवर्किङ र लगानीका अवसरहरू उपलब्ध गराउने काम गर्दै आएको छ। यस अघिका ५ सिजनमा २५०० वटा बिजनेश आईडियाहरु प्रस्फोटन भएका छन्। ती मध्य, १६० वटा बिजनेश आइडियाहरु सफल भइसकेका छन्।

यसै क्रममा डिसेम्बर ३१मा यस संस्थाले छैठौं सिजनको लागि आवेदन खुल्ला गरेको हो। सहभागीहरुले मेड इन नेपाल, सामाजिक प्रभाव, हाई फ्लाइङ र ग्रीनोभेसन विधा अन्तर्गत रहेर आफ्नो बिजनेश आईडिया व्यक्त गर्न पाउने छन्। कुल ३५ आइडियाहरुलाई आवश्यक पर्ने वित्तीय सहयोग, ज्ञान, तालिम यस संस्थाले उपलब्ध गराउने छ। आवेदन फारमको अन्तिम मीति जनवरी ३०, २०२२ सम्म रहेको छ।

ज्ञान र्सिजनाको माध्यमबाट सामाजिक न्यायको लागि लगानी प्रज्वलित गर्न सामाजिक नवीन विचारलाई प्रवद्र्धन गर्दै आएको यस संस्थाले मानवीय मर्यादा पुनस्र्थापना गर्ने लक्ष्य बोकेको छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।