प्रभु इन्स्योरेन्सले पौने १३ करोडको बोनस बाँड्ने
प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड (PRIN) ले सेयरधनीलाई पौने १३ करोड रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने भएको छ ।
कम्पनीको पुस २९ गते बिहीबार सम्पन्न सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको ११ प्रतिशत अर्थात १२ करोड ७८ लाख ९ हजार २५६ रुपैयाँ बराबरको बोनस र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.५८ प्रतिशत अर्थात ६७ लाख २६ हजार ८०३ रुपैयाँ नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई प्रस्तावित ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५८ प्रतिशत नगद गरी कुल ११.५८ प्रतिशत लाभांश नियामक निकाय बीमा समितिबाट स्वीकृत पश्चात कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन भएपछि मात्र वितरण हुनेछ ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब १६ करोड १९ लाख २ हजार ३२८ रुपैयाँ रहेको छ । प्रस्तावित १२ करोड ७८ लाख ९ हजार २५६ रुपैयाँ बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब २८ करोड ९७ लाख ११ हजार ५८४ रुपैयाँ पुग्नेछ ।
अघिल्लो आव २०७६/७७ बाट कम्पनीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो ।
📣 समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।