ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड (GRDBL) को खुद नाफा ११ लाख ३९ हजार रुपैयाँले घटेको छ ।
बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार पुससम्म १८ लाख ५ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा २९ लाख ४४ हजार खुद नाफा कमाएको बैंकको नाफा ३८।६८ प्रतिशत कम हो ।
समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा पनि ५०.४७ प्रतिशतले घटेर २५ लाख ७९ हजार रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिसम्म यस्तो मुनाफा ५२ लाख ७ हजार रुपैयाँ रहेको थियो ।
यस अवधमिा बैंकले ५ करोड ६४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष यही अवधिसम्म ३ करोड ९० लाख रुपैयाँ आम्दानी रहेकाेमा समीक्षा अवधिमा ४४.७६ प्रतिशतले खुद ब्याज आम्दानी बढेको हो । कम्पनीको सञ्चालन मुनाफा ५०.४७ प्रतिशतले घटेर २५ लाख ७९ हजार रुपैयाँमा झरेको छ ।
पुस मसान्तसम्म बैंकले २ अर्ब ८ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब २३ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।
चुक्ता पूँजी ५१ करोड ९० लाख रुपैयाँ रहेको बैंकको बैंकको वार्षिक प्रतिसेयर आम्दानी घटेर ७० पैसामा झरेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा बैंकको ईपीएस १.१८ रुपैयाँ थियो ।
बैंकको जगेडा कोषमा २ करोड ९० लाख र रिर्टेन अर्निङ्गमा ८४ लाख १३ हजार रुपैयाँ सञ्चित रहेको छ । बैंकको खराब कर्जा अनुपात २.३१ प्रतिशत, कस्ट अफ फण्ड ७.८६ प्रतिशत, आधारदर १०.९५ प्रतिशत, सीडी रेसियो ९८.१० प्रतिशत छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया