ग्रीन भेन्चर्स आईपीओ अपडेटः २ हजार आवेदकबाट ७ करोड २२ लाखको सेयर माग

✍️ नोटबजार संवाददाता ।
काठमाण्डौं।
११फाल्गुन, २०७८, बुधबार / Feb 23, 2022 19:24:pm

ग्रीन भेन्चर्स लिमिटेडले फागुन २ गते, सोमबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिहरुका लागि जारी भएको आईपीओमा बुधबार ५ बजेसम्ममा सि आश्वा प्रणालीबाट ७ करोड २२ लाख ६९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार १ हजार ९६८ जनाबाट ७ लाख २२ हजार ६९० कित्ता सेयर खरीदको माग परेको हो ।

फागुन २ गते सोमबार निष्कासन तथा बिक्री खुल्ला भएको आईपीओ मंगलबारदेखि कम्पनीले आयोजना स्थल तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सी आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिने गरी संकलन केन्द्र थपेको थियो ।

यसअघि कम्पनीको आईपीओमा यसअघि लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, नयाँ बानेश्वर काठमाडौं, ग्रीन भेन्चर्स लिमिटेड, पुतलीसडक, काठमाडौं, लक्ष्मी बैंक लिमिटेड, मन्थली, रामेछाप, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, धोबिबजार, लिखु, रामेछाप, मेगा बैंक लिमिटेड, खिजिदेम्बा, ओखलढुङ्गा, मेगा बैंक लिमिटेड, मन्थली, रामेछापबाट आवेदन दिन सकिने व्यवस्था थियो ।

कम्पनीले पहिलो चरणमा जारी पूँजीको १० प्रतिशत अर्थात प्रतिसेयर १०० रुपैयाँ दरका ३१ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका १ (साविक रगनी गाविस), ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिका २ (साविक रगनी गाविस), खिजिदेम्बा गाउँपालिका ३ (साविक खिजीचण्डेश्वरी गा.विस), लिखु गाउँपालिका ९ (साविक पोकली गाविस), लिखु तामाकोशी गाउँपालिका १ (साविक दरागाउँ गा.वि.स, रामेछाप), लिखु तामाकोशी गाउँपालिका २ (साविक सपु गाविस रामेछाप) र उमाकुण्ड गाउँपालिका ७ (साबिक भुजि गाविस रामेछाप) का बासिन्दाहरुका लागि निष्कासन गरेको हो ।

आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आईपीओमा छिटोमा फागुन १६ गते र ढिलोमा चैत्र १ गतेसम्म आवेदन दिन सक्नेछन् ।

साधारण सेयरको निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।



Share on:


Comments