चार्टड क्यापिटल एण्ड इन्भेष्टमेण्टले एनआईसी एशिया क्यापिटलको “आईडिया टू आईपीओ” सेवा लिने
एनआईसी एशिया क्यापिटलले नेपालमै पहिलो पटक मर्चेण्ट बैंकिङ्ग (संस्थागत परामर्श) सेवा अन्तर्गत “आईडिया टू आईपीओ” सेवा सञ्चालन गरिरहेको छ । उक्त सेवा अन्तर्गत चार्टड क्यापिटल एण्ड इन्भेष्टमेण्ट लिमिटेड र एन आई सी एशिया क्यापिटल लिमिटेड बीच “आईडिया टू आईपीओ ” सेवा उपलब्ध गराउने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ ।
क्यापिटलले “आईडिया टू आईपीओ” सेवा अन्तर्गत चार्टड क्यापिटल एण्ड इन्भेष्टमेण्ट लिमिटेडको विद्यमान अवस्था, कम्पनीको प्रबन्धपत्र नियमावली, धितोपत्र बोर्ड, कम्पनी ऐनमा भएको व्यवस्थाहरुको अध्ययन गरी उक्त कम्पनीको कारोवारको दायरा विस्तार गरिदिन, प्राइभेट इक्वीटी, भेञ्चर क्यापिटल तथा लगानी व्यवस्थापन सेवा सञ्चालन गर्नको लागि सम्बन्धित नियमनकारी निकायले तोके बमोजिमको सम्पूर्ण कागजात, पूर्वधारहरु र अन्य मापदण्ड पूरा गरी सम्बन्धित निकायहरुमा स्वीकृती लिनको लागि निवेदन पेश गरिने व्यहोरा जानकारी गराईन्छ ।
“आईडिया टू आईपीओ” सेवा अन्तर्गत यस क्यापिटलले चार्टड क्यापिटल एण्ड इन्भेष्टमेण्ट लिमिटेडको सेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरु २०७८ फागुन १२ गते बिहीबारदेखि एनआईसी एशिया क्यापिटल लिमिटेड, एनेक्सर भवन, टंक प्रसाद घुम्तीसडक, अनामनगर, काठमाण्डौं मार्फत उपलब्ध गराउन थालेको हो । साथै उक्त कम्पनीका शेयरधनीहरुले सहज रुपमा आफ्नो नाममा भएको शेयर कारोवार गर्न मिल्ने गरी ओटिसी मार्केटस्मा सूचीकरण गराइदिने व्यवस्था मिलाईने छ ।
साथै क्यापिटलले उक्त चार्टड क्यापिटल एण्ड इन्भेष्टमेण्ट लिमिटेडलाई निकट भविष्यमा नै सर्वसाधारणमा शेयर निष्काशन गर्न सक्ने गरी सम्पूर्ण सेवा उपलब्ध गराइने छ । एनआईसी एशिया क्यापिटलले “आईडिया टू आईपीओ” सेवा अन्तर्गत कुनै पनि कम्पनीलाई स्थापना देखि आईपीओसम्मको कार्यलाई एकिकृत रुपमा सेवा उपलब्ध गराउने हुँदा सो सम्बन्धी थप जानकारीको लागि मर्चेण्ट बैंकिङ्ग प्रमुख, दामोदर रायमाझी मोवाईल नं. ९८५११८४९७९ वा इमेल ठेगानामा सोझै सम्पर्क गर्न सकिनेछ ।
हाल उक्त “आईडिया टू आईपीओ” सेवा लिने कम्पनीहरुको संख्या तीन वटा पुगेको क्यापिटलले जनाएकाे छ ।