वित्तीय साक्षरता अभिवृद्धिमा सनराइज बैंकको एनबीआईसँग सहकार्य

✍️ नोटबजार संवाददाता ।
काठमाण्डौं ।
११फाल्गुन, २०७८, बुधबार / Feb 23, 2022 19:44:pm

सनराइज बैंक लिमिटेड (SRBL) ले पनि देशव्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम गर्न नेशनल बैंकिङ्ग इन्स्टिच्युटसँग सहकार्य गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले प्राथमिकतामा राख्दै आएको वित्तीय साक्षरता कार्यक्रमलाई समाज र समाजका व्यक्तिहरुमा पु¥याउने उद्देश्य अनुरुप सनराइज बैंकले पनि देशव्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम गर्ने भएको हो ।

वित्तीय बजारको विकासका साथै आर्थिक र नितिगत विकासका कारण वित्तीय साक्षरताको महत्व बढ्दै गएको छ । छ । यहि उद्देश्य अनुरुप सन्राइज बैंक र नेशनल बैंकिङ्ग इन्स्टिच्युट बीच वित्तीय साक्षरताका लागि सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

उक्त सहमतिपत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत श्रीमती आरती राज्यलक्ष्मी राणा र नेशनल बैंकिङ्ग इन्स्टिच्युटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार लमसालले हस्ताक्षर गरेका छन् ।

सो सहमतिपत्र अन्र्तगत विभिन्न प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ । बैंकका गतिविधिहरूको एक हिस्साको रूपमा र वित्तमा पहुँच सम्बन्धी चेतना जगाउने उद्देश्यले देशव्यापी वित्तिय साक्षरता कार्यक्रमहरू गर्नका लागि सो सहमती गरेको हो ।

बैंकको नायब प्रमुख कार्यकारी अधिकृत श्रीमती आरती राज्यलक्ष्मी राणाले वित्तीय साक्षरताको अभावमा मानिसहरुले असुरक्षित आर्थिक कारोबार गर्न नपरोस्, बैंक तथा वित्तीय क्षेत्रमा सम्पूर्ण व्यक्तिहरुको पहुँच पु¥याउने उदेश्यका साथ सहमति गरिएको बताइन् । उनले ग्राहकहरुलाई डिजिटल कारोबारका बारेमा व्यक्तिहरु अभ्यस्त बनाउन, आफ्नो व्यवसायिक योजनालाई बैंकको सहायताले बढाउन र त्यसले व्यक्तिहरुको आर्थिक आर्जन बढाई उनीहरुको जीवनस्तर बढाउने सम्झौताले महत्वपूर्ण भुमिका खेल्ने बताइन् ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments