ग्रीन डेभलपमेन्ट बैंकले चैत १२ गते बोलायो एजिएम

0
Shares

ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड (GRDBL) ले चैत १२ गते बैंकको नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

बैंकको फागुन १३ गतेको सञ्चालक समितिको कुनै पनि लाभांश वितरणको प्रस्ताव नराखी सभा बोलाउने निर्णय गरेको हो । बैंकले लाभांश प्रस्ताव नगरेकाले यो वर्ष बैंकका सेयरधनीहरुको हात खाली हुने भएको छ ।

बैंकले गत वर्ष भने आव २०७६।७७ बाट ३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश गरी कुल ४ प्रतिशत लाभांश वितरण गरेको थियो ।

कम्पनीले साधारण सभा प्रयोजनका बैंकले चैत २ गते (एक दिन) बुकक्लोज गर्ने भएको छ । यसअनुसार चैत १ गते मंगलबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने लगानीकर्ताले मात्र सभामा सहभागि हुन सक्नेछन् ।

चुक्ता पूँजी ५१ करोड ९० लाख रहेको बैंकले गत आर्थिक वर्ष २०७७।७८ मा १ करोड १३ लाख खुद नाफा आर्जन गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ फागुन २०७८, सोमबार  १७ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।