समता घरेलु लघुवित्तले एफपिओ निष्कासनको प्रक्रिया अघि बढायो

0
Shares

समता लघुवित्त वित्तिय संस्था र घरेलु लघुवित्त वित्तिय संस्था गाभिएर बनेको समता घरेलु लघुवित्त वित्तीय संस्थाले नयाँ निष्काशन (एफपीओ) गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

सर्वसाधारणमा एफपीओ जारी गर्नको लागि कम्पनीले आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

समता र घरेलु लघुवित्त १००ः८० (समता : घरेलु) कायम हुने गरि गाभिएका थिए । दुईसंस्था गाभिए पश्चात् बनेको संस्थाको कुल चुक्ता पूँजी २८ करोड ५६ लाख २० हजार १६० रुपैयाँ पुगेको थियो । जसमा कम्पनीले २० प्रतिशत बाेनस सेयर वितरण गरेपछि चुक्ता पूँजी ३४ करोड २७ लाख ४४ हजार १९२ रुपैयाँ कायम भएको छ ।

बोनस पछि कायम चुक्ता पूँजीमा सेयर संरचना ७०ः३० (संस्थापक: सर्वसाधारण) कायम हुने गरि २ करोड ८९ लाख ४४ हजार रुपैयाँ बराबरको २ लाख ८९ हजार ४४० कित्ता एपपिओ सर्वसाधारणमा जारी गर्ने भएको हो ।

जसका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । सो सम्झौतापत्रमा समता घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरे र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २२ फागुन २०७८, आइतबार  १४ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।