प्रभु इन्स्योरेन्सको साधारण सभा चैत ३० गते

✍️ नोटबजार संवाददाता ।
काठमाण्डौं ।
४चैत्र, २०७८, शुक्रबार / Mar 18, 2022 12:07:pm

प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड (PRIN) ले लाभांश लगायतका अन्य प्रस्तावहरु पारित गर्न चैत ३० गते कम्पनीको २६ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले चैत ३० गते प्रभु कम्प्लेक्स तिनकुने काठमाण्डौंमा बिहान ११ बजे साधारण सभा बोलाएको हो ।

कम्पनीको चैत २ गते बसेको सञ्चालक समितीको बैठकले उक्त मिति र स्थानमा साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष २०७७।७८ को नाफाबाट सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.५८ प्रतिशत नगद लाभांश अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले इन्स्योरेन्सको हाल कायम चुक्ता पूँजी १ अर्ब १६ करोड १९ लाख रुपैयाँको ११ प्रतिशतका दरले हुन आउने १२ करोड ७८ लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०.५८ प्रतिशतका दरले हुने आउने ६७ लाख २६ हजार नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

यस्तै यस्तै आर्थिक वर्ष २०७७।७८ को वार्षिक वित्तीय विवरण, नाफा–नोक्सान हिसाब लगायतलाई पारित गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी पनि सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभामा छ ।
सभाले आर्थिक वर्ष २०७८।०७९ को लेखापरीक्षण गर्नका लागि सञ्चालक समितिबाट गरिएको लेखापरीक्षकको नियुक्ती र पारिश्रमीक तोक्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि इन्स्योरेन्स कम्पनीले चैत १७ गते बिहीबार सेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने मिति तोकेको छ । सेयरधनी दर्तापुस्तिका बन्द मिति (बुकक्लोज) का अनुसार चैत १६ गते बुधबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीहरुले मात्र प्रस्तावित लाभांश पाउन र साधारण सभामा प्रतिनिधित्व गर्न सक्नेछन् ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments