समता घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेड (SMATA) ले जारी गर्ने थप सार्वजनिक निष्काशन (फर्दर पव्लिक इस्यू) अर्थात एफपीओको प्रत्याभूति एनआईबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाटले गर्ने भएको छ ।
लघुवित्तले थप सार्वजनिक निष्काशन (फर्दर पव्लिक इस्यू) मार्फत् सर्वसाधारणलाई जारी हुन बाँकी २ लाख ८९ हजार ४४० कित्ता एफपीओको प्रत्याभूतिकर्ताको रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको हो ।
प्रत्याभूतिकर्ता नियुक्ती सम्बन्धी सम्झौतापत्रमा चैत्र २५ गते समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरे र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायब महाप्रवन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।
लघुवित्त कम्पनीले आफ्नो प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम संस्थापक : सर्वसाधारणकाे सेयर संरचना ७०ः३० कायम हुने गरी २ करोड ८९ लाख ४४ हजार रुपैयाँ बराबरको २ लाख ८९ हजार ४४० कित्ता साधारण सेयरको थप सार्वजनिक निष्काशन (फर्दर पब्लिक इस्यू) गर्नुपर्ने अवस्था रहेको छ ।
घरेलु लघुवित्तलाई मर्जरपछि कम्पनीमा संस्थापक सेयरहिस्सा बढी रहेको छ भने सर्वसाधारणको हिस्स ३० प्रतिशतभन्दा कम छ । नेपाल राष्ट्र बैैकको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो चुक्ता पूँजीको न्यूनतम ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्नुपर्ने हुन्छ । सोही अनुसार लघुवित्तले प्रकृया अगाडि बढाएको हो ।
समता लघुवित्त र घरेलु लघुवित्त वित्तिय संस्था गाभिएपछि सेयर संरचना परिवतर्न भएको थियो। समताको १०० र घरेलुको ८० रुपैयाँ कायम हुने गरि दुबै संस्था गाभिएका थिए । गाभिएर कायम चुक्ता पूँजी २८ करोड ५६ लाख रुपैयाँबाट २० प्रतिशत बोनस वितरणपछि चुक्ता पूँजी ३४ करोड २७ लाख रुपैयाँ पुगेको हो।संस्थापकको ७० र सर्वसाधारणको ३० प्रतिशत बनाउनका लागि कम्पनीले २ करोड ८९ लाख ४४ हजार रुपैयाँको एफपीओ जारी गर्न लागेको हो।
एफपीओ निष्काशनका लागि फागुन तेस्रो साता आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ । सम्झौतापत्रमा समता घरेलु लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरे र आरविवि मर्चेन्ट बैंकिङ्गका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका थिए ।
समता घरेलु लघुवित्त वित्तिय संस्थाको स्थापना दिगो लघुवित्त सेवा प्रदान गर्ने, कृषि उत्पादन बढाउने, र गरिबजन समुदायमा आय तथा रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ भएको हो । चुक्ता पूँजी ३४ करोड २७ लाख ४४ हजार रुपैयाँ रहेको लघुवित्तले पुस मसान्तसम्म ३ करोड ५५ लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेर वार्षिक प्रतिसेयर आम्दानी २०.७३ रुपैयाँ कायम गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया