समता घरेलु लघुवित्तले साढे ४ करोड मूल्यको एफपीओ बिक्री गर्ने, बोर्डसँग अनुमति माग

0
Shares

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड (SMATA) ले साढे ४ करोड मूल्यको थप सार्वजनिक निष्काशन ( एफपीओ) बिक्री गर्ने भएको छ ।

लघुवित्तले ४ करोड ६० लाख ४१ हजार २२० रुपैयाँ मूल्य बराबरको २ लाख ८९ हजार ४४० कित्ता एफपीओ निष्काशनको अनुमति माग गर्दै पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।

बोर्डका अनुसार कम्पनीले प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँमा ५९.०७ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर १५९.०७ रुपैयाँमा सेयर निष्काशन गर्न अनुमति माग गर्दै निवेदन दिएको बोर्डले जानकारी दिएको छ । कम्पनीले चैत २९ गते बोर्डमा आवेदन दिएको हो ।

घरेलु लघुवित्तसँगको मर्जर पश्चात बिक्रीएको सेयर संरचना मिलाउन लघुवित्तले २ लाख ८९ हजार ४४० कित्ता एफपीओ निष्काशन गर्न गर्न लागेको हो । राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थामा संस्थापक सर्वसाधारण शेयर संरचना ७०ः३० कायम अुनुपर्छ । तर सर्वसाधारणमा सेयर जारी नगरेको घरेलु लघुवित्तलाई गाभेपछि कम्पनीमा संस्थापक सेयर हिस्सा बढेको थियो ।

कम्पनीले एफपीओ बिक्रीका लागि आरबिबि मर्चेन्ट बैकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धक र एनआईबिएल एस क्यापिटलाई सेयर प्रत्याभूतिकर्ता नियुक्त गरिसकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ वैशाख २०७९, आइतबार  १२ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।