ग्रीन भेन्चर्सको सेयरमूल्यमा सकरात्मक सर्किट ब्रेक

✍️ नोटबजार संवाददाता ।
काठमाण्डौं ।
११बैशाख, २०७९, आईतवार / Apr 24, 2022 12:10:pm

ग्रीन भेन्चर्स लिमिटेडको सेयरमूल्यमा आइतबार सकरात्मक सर्किट लेभलमा बढेको छ । साताको पहिलो कारोबारको दिन आइतबार कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर ३९६.८० रुपैयाँमा पुगेको हो ।

अघिल्लो कारोबार दिन बिहीबार ३६०.८० रुपैयाँमा कारोबार बन्द भएको कम्पनीको सेयर आइतबार २ प्रतिशत मूल्य बढेर ३६८ मा कारोबार सुरु भएको थियो । कारोबार सुरु भएको केही समयमै कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । कम्पनीको पाँचवटा कारोबार नै सकारात्मक सर्किट लागेको थियो ।

एक घण्टा अवधिमा कम्पनीको २० हजार १६८ कित्ता सेयर ८० लाख १ हजार ९०३ रुपैयाँमा खरीद बिक्री भएका छन् । एक घण्टा अवधिमा कम्पनीको सेयर खरीद गर्न सर्किट मूल्यमा नै ५८५ वटा आदेश मार्फत ६१ हजार ३३६७ कित्ता सेयरको माग रहेको छ । नेप्सेको मार्केट डेप्थमा कुनैपनि बिक्री अर्डर रहेका छन् । आइतबारसम्म कम्पनीको सेयरमूल्य चार कारोबार दिन लगातार सर्कट लागेर कारोबार भएको छ ।

भर्खरै दोस्रो बजारमा कारोबार खुलेको र थोरै व्यक्तिले मात्र सेयर पाएकाले कम्पनीको मूल्य थप आकासिने आशामा लगानीकर्ताले सेयर बिक्री गरेका छन् । ५२ मेगावाट आयोजनाको निर्माण सम्पन्न भैसकेको आम्दानी गरेर छिटै लाभांश वितरण गर्नसक्ने क्षमता कम्पनीसँग रहेको छ ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments