चार कम्पनीको सेयर नेप्सेमा सूचीकृत

0
Shares

यो साता विभिन्न चार कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको छ । नेप्सेका अनुसार समता हिमालयन जनरल इन्स्योरेन्स लिमिटेड, समता घरेलु  लघुवित्त वित्तीय संस्था लिमिटेड, महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर र एभरेष्ट बैंक लिमिटेडको ऋणपत्र सूचीकृत भएको हो ।

स्टकका अनुसार यो साता हिमालयन जनरलको ६.६५ प्रतिशत बोनस बापतको ७ लाख ३१ हजार ७२४ कित्ता सेयर सूचीकृत भएको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट कम्पनीको सेयरधनीहरूलाई उक्त बोनस सेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद गरी कूल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

यस्तै समता घरेलु लघुवित्तको २० प्रतिशत बोनस बापतको ५ लाख ७१ हजार २४० दशमलव ३२ कित्ता सेयर पनि यसै साता सूचीकृत भएको छ ।

संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश पारित गरेको थियो ।

यस्तै महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको २६ प्रतिशत बोनस बापतको ५ लाख ८२ हजार २५४ दशमलब ४० कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई चुक्ता पूँजीको २६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो ।

त्यस्तै, नेप्सेमा एभरेष्ट बैंक लिमिटेडको ८ लाख ५६ हजार ७८३ कित्ता ऋणपत्र सूचीकृत भएको छ । बैंकले माघ ३ गतेबाट माघ १७ गतेसम्म ८ वर्ष अवधिको ८।५ प्रतिशत व्याजदर भएको ‘एभरेष्ट बैंक डिबेञ्चर २०८६’ नाममा प्रतिकित्ता २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो । कुल २० लाख कित्ता ऋणपत्रमध्ये सबै ऋणपत्र बिक्री नभएपछि बिक्री भएको ऋणपत्र मात्र सूचीकृत गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ वैशाख २०७९, शुक्रबार  १८ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।