नेपाल टेलिकमको फोर–जी सेवाका ग्राहक एक करोड बढी

-नोटबजार।
काठमाडौं।
७जेष्ठ, २०७९, शनिबार / May 21, 2022 12:56:pm

नेपाल टेलिकमको फोर–जी सेवाका ग्राहक एक करोडभन्दा बढी पुगेको छ ।

टेलिकमको २०७८ चैत महिनाको विवरणअनुसार फोर–जी ग्राहक एक करोड चार लाख २१ हजार ९७६ पुगेको हो । यस अवधिमा कम्पनीका थ्री–जी ग्राहक आधार ९४ लाख ८२ हजार ५८० रहेको नेपाल टेलिकमले जनाएको छ ।

समग्रमा कम्पनीका मोबाइल सेवा प्रयोगकर्ता दुई करोड २० लाख ९१ हजार ७८५ भएकोमा बाँकी २१ लाख ८७ हजार २२९ टु–जी प्रविधिका ग्राहक रहेको कम्पनीले जनाएको छ ।

२०७८ फागुनमा फोर–जी ग्राहक आधार ९८ लाख ९३ हजार ८७४ र थ्री–जी ग्राहक आधार ९९ लाख ४३ हजार ७२९ रहेको थियो ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

 


Share on:


Comments