समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड (SMATA) ले चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयरधनीलाई वितरण गरिएको छ । उक्त बोनस सेयर बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम सेयरधनीको हितग्राही खातामा बोनस सेयर जम्मा गरिएको हो ।
लघुवित्त कम्पनीले २०७८ पुस ७ गते सम्पन्न आठौं वार्षिक साधारण सभाबाट चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित भएको थियो ।
उक्त २० प्रतिशतले हुन आउने ५ लाख ७१ हजार २४० दशमलव ३२ कित्ता बोनस नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा वैशाख १९ गते सूचीकृत भइसकेको छ ।
कम्पनीले २०७८ मंसिर २३ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीको हितग्राही खातामा उक्त बोनस सेयर जम्मा गरिदिएको हो । मंसिर २३ गतेपछि अभौतिकीकरण गराएका सेयरधनीको हकमा क्रमशः हितग्राही खातामा नै उक्त बोनस सेयर जम्मा गरिने जनाइएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया