मुद्रास्फीति नियन्त्रणमा अमेरिकी केन्द्रीय बैंकको बाटो पछ्याउँदै रिजर्भ बैंक अफ अष्ट्रेलिया

0
Shares

अष्ट्रेलियाको केन्द्रीय बैंकले पनि औसत ब्याज दर आक्रमक रुपमा बढाउने तयारी गरेको छ । अष्ट्रिेलियामा ४० वर्ष यताकै उच्च (७ प्रतिशत) को मूल्यवृद्धि नियन्त्रण गर्न रिजर्भ बैंक अफ अष्ट्रिेलिया (आरबीए) ले औसत ब्याजदर बढाउने भएको हो ।

यस अघि अमेरिकी केन्द्रीय बैंक, फेडरल रिजर्भले पनि ४ दशक यताकै उच्च भएको मूल्यवृद्धि नियन्त्रणका लागि कसिलो मौद्रिक नीति अवलम्बन गर्दै औसत ब्याज दर बढाइरहेको छ । अमेरिकी केन्द्रीय बैंककै पदचाप पच्छ्याउँदै आरबीएले जुलाई महिनामा औसत ब्याज दर बढाउने भएको हो ।

कोभिड–१९को समयमा ०.१ प्रतिशत रहेको औसत ब्याज दर सन् २०२२ को मे महिनामा आरबीएले ०.२५ प्रतिशतले बढाएको थियो । यसैगरी ०.३५ प्रतिशतमा कायम भएको औसत ब्याज दर जुन महिनाको सुरुवातमा ०.५ प्रतिशतले बढेर ०.८५ प्रतिशत पुगेको थियो ।

औसत ब्याज दर वृद्धि गर्दै जाँदा आर्थिक मन्दीको सम्भावना उच्च हुँदै गएता पनि अष्ट्रेलियाले जुलाई महिनामा ०.५ प्रतिशतले बढाउने जानकारी आरबीएका प्रमुख फिलिप लोइले पत्रकार सम्मेलनमा मार्फत दिएका छन् ।

पत्रकार सम्मेलनमा अमेरिकाले ०.७५ प्रतिशतले औसत ब्याज दर बढाउने तयारी गरेजस्तै अष्ट्रेलियाले पनि ०.७५ प्रतिशतले बढाउँछ कि ? भन्ने प्रश्नको जवाफ दिँदै फिलिपले तत्कालको लागि आफूहरुले ०.२५–०.५ प्रतिशतले औसत ब्याज बढाउने तयारी गरेको बताएका छन् । बेलायत, अमेरिका, स्वीजरल्यान्ड जस्ता देशहरुले बढाएको औसत ब्याज दरलाई लक्षित गर्दै फिलिप भन्छन्, “सबै देशहरुले मुद्रास्फीति नियन्त्रण गर्न औसत ब्याज दर बढाइरहेका छन् भने हामी किन पछि हट्ने ? सुरुवाती समयमा थोरै अकंले औसत ब्याज दर बढाएता पनि, अब हामी बलियो रुपमा अघि बढ्न तयार छौँ ।”

यसैबीच आरबीएमा कार्यरत एक वरिष्ठ कर्मचारीले सम्भवतः अगस्ट महिनाको सुरुवातमा त्रैमासिक आर्थिक वृद्धि दरको प्रक्षेपण गरिन्छ । उक्त प्रक्षेपणले ब्याज दर के कति दरले बढाउने निश्चय गर्ने जानकारी दिएका छन् ।

आरबीएले औसत ब्याज दर बढाउने निर्णय गरेसँगै ३ वर्ष सम्म ३.५७ प्रतिशत कायम रहेको कुपन रेट बढेर ३.६९ प्रतिशत पुगेको छ । अर्थशास्त्रीहरुको आकलन अनुसार सन् २०२२को अन्त्य सम्ममा ३.६ प्रतिशत हुने छ भने यस किसिमको आक्रमक नीतिले निश्चित रुपमा आर्थिक मन्दी निम्त्याउने बताएका छन्

यसैगरी डुट्स्चे बैंक एजीले आरबीएले यस वर्षको अन्त्य सम्म औसत ब्याज दर बढाएर ३.१ पु¥याउने र त्यसको प्रभावले बेरोजगारी दर १ प्रतिशतले वृद्धि हुदाँ आर्थिक मन्दी निम्त्याउन काफी हुने प्रक्षेपण गरेको छ ।

आर्थिक मन्दीको सम्भावनाका विषयमा प्रश्न गर्दा फिलिपले कोभिडको समयमा अष्ट्रेलियाका जनताले मनग्य रकम निक्षेप गरेको र घरायासी बचत दर अहिले उच्च रहेको हुँदा, हामीले मुद्रास्फीति कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा ध्यान दिनुपर्ने बताएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ असार २०७९, मंगलबार  १८ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।